रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा अवस्थित गोसाइकुण्ड धार्मिक एवं पर्यटकीय केन्द्र हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमाअवस्थित गोसाईकुण्ड रामसार सूचिमा समेत पर्दछ ।
समुन्द्र मन्थनबाट उत्पन्नकालकुट बिषको डाहा शान्तपार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमाभएको त्रिशुलले पहिरो खोपीपहिरोबाट गंगाजल (त्रिशुलधारा) उत्पन्न भएपछि कुण्डमा सयन गरी चिसो पानीद्धारा विषको डाहा शान्त पारेको हुंदा गोसाईकुण्डमा त्रिशुलधाराको पानी गोसाई महादेवलाई सिंचन गर्ने गरेको विभिन्न शिलालेखबाट प्रमाणित हुन्छ ।
यसै क्रममा महादेव भगवानसमेतले यस्तै कार्य गोरखा र लमजुङ्को सिमानाको दुधपोखरी, गोरखाको नारद पोखरीतथा देशका अन्य स्थानमा समेत गरेको कुरा फेला परेको छ । लमजुङ्ग र गोरखाको बिचमा बग्ने चेपे नदिको उद्गम स्थान दुधपोखरी र गोरखाको नै दरौदि नदिको उद्गम स्थान नारद पोखरी हो ।
महादेवले समेत स्नान गरेको यी उल्ललेखि तगोसाईकुण्ड, दुधपोखरी, नारद पोखरी तथा देशका अन्य स्थानको पवित्र जलमा हामी सबैलाई स्नानको चाहना हुनु स्वाभाविकै हो । यी धार्मिक, सांस्कृति एवं पर्यटकीय केन्द्रमा विशेष मेला वर्षको दुईचोटी दशहरा र जनै पूर्णिमाको अवसरमा लाग्छ । यो वेलामा अन्य समय भन्दा अधिक भिड हुन्छ ।
यस लेखमा विशेष गरी गोसाईकुण्डको चर्चा गर्ने जमर्को गरिन्छ । त्रिशुली नदिको उद्गम स्थान त्रिशुलधारा गोसाईकुण्ड, सुर्यकुण्ड, भैरवकुण्ड, सरास्वतिकुण्ड, आमााकुण्ड लगायत १०८ कुण्डहरु, अमरसिंह गुफालगायतका ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्वले यस क्षेत्र धनी छ ।
जैविकविविधतताले धनी यस क्षेत्रको वन, वनस्पती, वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जरीवुटी, गुम्बा, धार्मिक स्थान, तमाङ तथा हेल्मो संस्कृति, भेष भुषा र ज्ञान गुनको कुराहरु जानकारी पाउन सकने भएकोले साथै यी कुण्डहरुमा स्नान गरी महादेवको दर्शन गर्नाले पितृ मोक्ष हुनु साथै स्वयमं पनि पवित्र हुने भनाइ छ ।
यी क्षेत्रहरुले राष्ट्रिय संस्कृतिहरुको स्वरुप लिन यहाँको धार्मिक, लोक संस्कृतिको एकतामा समाहित भएर नेपालि माटोलाई सुगन्धबोकेर परमपरा बचाएको छ । आ
फ्नो मैलिकता जातिय पहिचान र्सिजिएका लोक सांस्कृति नाचगानले यस समाजको पृष्ठभुमिमा सृजितलोक संस्कृतिको मुख्यथानलिएको पाइन्छ । यसै बहु रीतिसिवाज, चालचलन, रसहनशहन, भेषभुसा, बोलिबचन, साइनो, अभिवादन, धर्मकर्म, लोक परमपरा, कला कौशल, लोक साहित्य धार्मिक संस्कृति र तिनको दैनिक उपयोग्य सामानको प्रयोगमा माझिएको हिमालि जिवन शैलि यहाँको र राष्ट्रकै सम्पति हुन । यहाँका कुण्डहरु राष्ट्रिय धरोहरको रुपमा छन् जुन सधै जिवन्त रहनेछन् ।
गोसाइकुण्डमा पानीको आयतन १४७२००० क्युविक मिटर रहेको छ भने भैरव कुण्डमा ४६६०००० क्युभिक मिटर पानी रहेको छ । गोसाईकुण्डबाट प्रति सेकेण्ड ६० लिटर पानी बग्छ भने प्रति सेकेण्ड ३५ लिटर पानी त्रिशुल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरव कुण्डबाट प्रति सेकेण्ड ७५ लिटरपानीतल झर्छ । अपार धार्मिक जल भण्डारको प्रतिविम्बहो गोसाईकुण्ड ।
किनकि वेदमा पानीको प्रयोग सम्बन्धमा थुप्रै स्थानमा उल्लेख गरिएको छ । नेपालमा जम्मा २२५ अर्ब घनमिटर अर्थात २२५० अर्ब लिटर पानीको स्रोत रहेको र केबल १५० अर्ब लिटर पानीमात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । यी तथ्यले पनि गोसाईकुण्ड प्राणि/वनस्पती सबैको लागि अचुक जलधाराको भण्डार हो भन्नुमाकुनै अयुक्ति नहोला ।
गोसाईकेण्ड क्षेत्रमा १०० भन्दा बढी प्रजातिको वनस्पती पाईन्छ । विश्व संरक्षण खतराको सूचिमा परेको वनस्पतीहरुमा कुट्की, जट्टामसी, क्षेतरे, सर्मागुरु, विष, अमुत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ । भने रैथाने प्रजातिका वनस्पतीहरुमा मेकोनोपासिस धोजी, मेकोनोपासिस टेलारी, हेरा, किल्यम, प्रिमुला, औरेटा, पेडीकोलासिस, सिउडोरेजिलिएना, रोडोडेन्डो, कायनियन पाईन्छ । त्यस्तै प्रमुख जङ्गलि जनावरमा डाँफे, कस्तुरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छ । वास्तविक रुपमा गोसाईकुण्ड क्षेत्र धार्मिक, संस्कृति, पर्यटकीय, हिमालि क्षेत्रकै उत्तम क्षेत्र हो ।
यो क्षेत्रमा धार्मिक, संस्कृति , पर्यटकीय भ्रमण गर्न अति आवशयक छ । यहाँ कसरी सरल तरिकाबाट पुग्ने यसबारे यहाँ चर्चा गर्नु सार्न्दभिक ठान्दछु । गोसाईकुण्डमा पुग्नको लागि रसुवा नुवाकोट र सिन्धुपाल्चोक भएर तिन तिरबाट पुग्न सकिन्छ । काठमाडौंबाट ११७ कि.मि. झण्डै ६ घण्टा जति बसमा यात्रा गरी धुन्चेमा बास बसेर भोलिपल्ट सजिलै चन्दनबारी पुग्न सकिनछ । तेस्रो, दिन लैरी विनायक र अर्को दिन त गोसाईकुण्ड पुग्न सकिन्छ । अब यहाँ धुन्चे, सिन्धुपाल्चोक र सुन्दरीजलबाट गोसाईकुण्ड जाने धार्मिक एवं पर्यटक महानुभावलाई ठाउँ दुरी आदिको बारेमा चर्चा गरीन्छ ।
धुन्चेबाट गोसाईकुृण्ड
यस धुन्चेबाट गोसाईकुण्ड जादाँ धुन्चे घट्टेखोला १ घण्टा १५५० मिटर उचाई घट्टेखोला, देउराली २ घण्टा २६०० मिटर, देउराली ढिस्मा १ घण्टा ३००० मिटर , ढिस्मा चन्दनबारी १ घण्टा ३३५० मिटर, चन्दनबाी चोलाङपाटी १.३० घण्टा ३५५० मिटर, चोलाङपाटी लौरीविना १.३० घण्टा ३९०० मिटर, लौरीविना बुद्ध मन्दिर १.३० घण्टा ४२०० मिटर, बुद्ध मन्दिर गोसाईकेण्ड १.३० घण्टा ४३८० मिटर ।
सिन्धुपाल्चोक तर्फबाट
काठमाडौं मेलम्चीपुल ४ घण्टा बस, मेलम्चिपुल तारामाराङ्ग १ घण्टा बस, तारामाराङ्ग कुटुमसाङ्ग ६ घण्टा पैदल, कुटुमसाङ्ग मागिन गोठ ३ घण्टा पैदल, मागिन गोठ ठाडे पाटी १ घण्टा पैदल, ठाडे पाटी ठुलो घोप्टे २ घण्टा पैदल, ठुलो घोप्टे फेदी २ घण्टा पैदल, फेदी ऐथाङ २ घण्टा पैदल, ऐथाङ सुर्यकुण्ड २ घण्टा पैदल, सुर्यकुण्ड गोसाईकुण्ड १ घण्टा पैदल ।
सुन्दरीजलतर्फबाट
बौद्ध सुन्दरीजल १ घण्टा बस, सुन्दरीजल चिसो पानी ३ घण्टा पैदल, चिसो पानी पाटी भञ्ज्याङ १ घण्टा पैदल, पाटी भञ्ज्याङ चिपलिङ्ग २ घण्टा पैदल, चिपलिङ्ग गुल्फु भञ्ज्याङ १.३० घण्टा पैदल, गुल्फु भञ्ज्याङ कुटुमसाङ २ घण्टा पैदल, कुटुमसाङमागिन गोठ ३ घण्टा पैदल, मागिनगोठ ÷ ठाडे पाटी १ घण्टा पैदल, ठाडे पाटी÷ठुलो घोप्टे २ घण्टा पैदल, ठुलो घोप्टे फेदी २ घण्टा पैदल, फेदी÷ऐथाङ २ घण्टा पैदल, ऐथाङ सुर्यकुण्ड २ घण्टा पैदल, सुर्यकुण्डगोसाईकुण्ड १ घण्टा पैदल ।
यी माथि उल्लेखित यात्रा दुरी आफ्नो हिड्ने दुरी शारीरिक तन्दुरुस्त अनुसार घटिबढी हुन सक्ने कुरा जानकारी गरिन्छ ।
गोसाईकुण्ड उच्च क्षेत्रमा भएकोले लेक लाग्न सक्ने हुन्छ । अत: त्यहाँ जान सावधानिक अपनाउनु आवश्यक छ । गोसााईकुण्ड जादाँ लेक लागेमा जति सक्दो कमउचाई तर्फ ओर्लनु पर्छ ।
लेक लाग्नुको लक्षणहरु
टाउको दुख्नु, खान मन न लाग्नु, आराम गरेको वेला स्वास फेर्न गाह्रो, वान्ताहुनु, शरीरिर सन्तुलन गर्न गाह्रो, वेहोस हुनु आदिहुन सक्छ । अत: यी भए मानिम्न सावधानिहरु तुरुन्तअपनाउनु पर्ने हुन्छ ।
बिस्तारे आराम गरी हिड्ने, दैनिक ३—४ लिटर पानिपिउने जबरजस्तीमाथिनजाने, तलझर्ने, चिसो भएमान्यानो कपडा लगाउने, खालि पेट नहिड्ने , धुम्रपान, मद्ययपाननगर्ने, सम्भव भए स्वास्थ्यकर्मीसंग समन्वय गर्ने । गोसाईकुण्डको यात्रागर्दा यात्रुहरुले निम्न सामानहरु लैजाँदा सुविधा हुन्छ ।
हलुका खाना व्यवस्था, सिल्पिङव्याग, न्यानो लुगा, पानीको तुम्लेट, बर्षादिएवं छाता, लठ्ठी, आवश्यक औषाधिको व्यवस्था गरेमा यात्रा सफल र सुविधाजनक तथा आनन्दमय हुन्छ । अन्तमा: गोसाईकुण्ड क्षेत्रको दृश्यको सौन्दर्य स्वरुपले जो कही पनि मुग्धहुनु स्वभावि कै हो । राष्ट्रिय संस्कृतिको स्वरुप लोक सांस्कृतिक, धार्मिक एकतामा समाहितभएर गोसाईकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साच्चै नै परम्परा बचाएको पाईन्छ ।
आफ्नो मौलिक जातिय पहिचानको परिचायको रसस्वादन गर्न तपाँई हामि गोसाईकुण्ड क्षेत्रको भ्रमण गर्नु आजको आवश्यकता हो । यस गोसाईकुण्ड क्षेत्रबाट हिमालि दृश्यको सौन्दर्यपान गर्दै धार्मिक एवं पर्यटकिय विकासको लागि विभिन्न प्रकारको कार्यक्रमहरु नेपाल सरकारले ल्याउन सके अर्थतन्त्रमा दरिलो टेवा पुग्नेछ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरु मध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरुको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा विकास गर्न आवश्यकता रहेको छ ।
पर्यटनको माध्यमबाट काम वा रोजगारी श्रृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस क्षेत्र भित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । विगतमा यस क्षेत्रको पर्यटन विकासको लागि गरेको प्रयासका वावजुद पनि पर्यटक आगमनमा केही वृद्धि भएको पाइन्छ ।
पर्यटन आगमनमा वृध्दि हुने संभावना प्रचुर रहेकोले विद्यमान नीति, कानून र प्रकृया अनुरुप पर्यटनलाई एक उद्योगको रुपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हरेक वर्ष सेप्टेम्बर २७ मा मनाईने विश्व पर्यटन दिवसले सार्थकता पाउनेछ ।
लेखक : नेपालमा गुणात्मक जीवनको निम्ति स्वास्थ्य, जनसंख्या एवं वातावरण शिक्षामा गैरसरकारी संस्था एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि तथा पर्यटन, प्राकृतिक एवं ऐतिहासिक धरोहरसम्बन्धी दर्जनौँ अध्ययन अनुसन्धानरत छन् ।
प्रतिक्रिया