गोरखा- २०६९ सालमा १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएको गाेरखा अस्पातालमा ४ जना विशेषज्ञ डाक्टर थपिएपछि शल्यक्रिया सेवा शुरु भएकाे छ ।
२०२९ मा स्थापना भएको अस्पतालले दरबन्दी अनुसारका चिकित्सक पाउन सकेको थिएन । दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ती नहुदाँ अस्पतालको बिजोग भएको थियाे। भूकम्पले क्षति पुगेको पुरानो भवन भत्काइएपछि स्थान अभावका कारण २०७५ सालको माघदेखि देखि शल्यक्रिया सेवा रोकिएको थियो ।
गोरखा अस्पतालमा हाडजोर्नी सेवा, जनरल सर्जरी माननसिक रोग तथा रेडियोलोजिष्ट्रीका लागि भनेअस्पतालमा आएका विरामीलाई बाहिर रिर्फर गर्न गर्नुपर्ने बाध्यता थियाे ।
अस्पतालमा थप ४ जना विशेषज्ञ चिकित्सक आए संगै रोकिएको सेबा बिस्तार भएको अस्पतालले प्रशासनले जनाएको छ ।
गोरखा अस्प्तालमा अहिले १ जना एम.डि.जि.पि. (इमर्जेन्सी विशेषज्ञ), १ जना जनरल फिजिसियन, १ जना प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र १ जना मानसिक रोग विशेषज्ञ कार्यरत हरको गोरखा अस्पतालले जनाएको छ ।
नयाँ भवन बनाउने क्रममा गोरखा अस्पतालको पुरानो भवन भत्काइएको छ । हाल अस्पतालले चिकित्सकहरुका लागि बनाइएको आवासगृहबाट सेवा सञ्चालन गरिरहेको छ । अस्पतालका डाक्टर, नर्स लगायत कर्मचारीका लागि बनाइएको दुईवटा आवासगृहबाट आकस्मिक, ओपिडी लगायतका सेवा सञ्चालन भैरहेको छ ।
सोही भवनको ४ वटा कोठामा शल्यक्रिया कक्ष निर्माण गरि अपरेशन सेवा शुरु गरिएको हाे । ठाऊँको अभावसँगै सबै उपकरण नयाँ ढंगबाट जडान गर्नुपर्दा सामान्य शल्यक्रिया समेत हुन सकेको थिएन । गत माघबाट शरीरका गाँठागुठी, पोलेको घाऊ लगायत सामान्य अपरेशन भने शुरु भएको थियो ।
२०७२ सालको भूकम्पले पुराना भवनमा क्षति पुगेपछि गोरखा अस्पतालको नयाँ भवन निर्माण भैरहेको छ । अस्पतालको भवन निर्माणको जिम्मा लुम्बिनी विल्डर्सले पाएको छ ।
१४ महिनामा चारतले सुविधासम्पन्न भवन निर्माण सक्ने गरि गत वर्षको असोज अन्तिम सातातिरबाट काम शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा जर्मनीको संस्था केएफडब्लुको ४० करोड रुपैयाँको लागतमा भवन बनाउन लागिएकोे हो ।
प्रतिक्रिया