+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई पिसिआर नगरी परीक्षामा सहभागी गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

4KNationalDaily
२०७७ आश्विन ११, आईतवार २०:४१ बजे

काठमाडौं– स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले सबै निजी मेडिकल कलेजले पिसिआर गरी विद्यार्थीलाई जाँचमा सहभागी गराउने निणर्य अवैज्ञानिक भएको भन्दै उक्त निर्णय कार्यान्वय नगर्न निर्देशन दिएको छ।

लक्षण नदेखिएका कुनै पनि विद्यार्थीलाई पिसिआर परीक्षण गर्नु वैज्ञानिक नभएको भन्दै पिसिआर गरेर मात्र जाँचमा बस्ने निणर्य कार्यान्वयन नगर्न नगराउन मन्त्रालयले निजी मेडिकललाई भनेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने,‘विभिन्न पेसा, व्यवसायमा संलग्न कोही पनि व्यक्ति, फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिमा लक्षण देखिएका, कन्ट्याक्ट टे्रसिङमा परेका र आइसियुमा भर्ना भएका व्यक्तिहरुको मात्र पिसिआर गर्नुपर्ने दायरा सरकारले निर्धारित गरेको छ। त्यसबाहेकका व्यक्तिको जााँच गराउनु पूणर्तः अवैधानिक छ।’

सरकारले निर्धारण गरेको दायराभन्दा बाहेकका व्यक्तिको परीक्षण गर्नु सररकारले कोभिड१९ को नियन्त्रणमा गरिरहेको कामलाई हानी गर्ने प्रवक्ता गौतमले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily