काठमाडौं- आमरण अनसनरत डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
अनसनस्थल त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले भनेका छन्, ‘यो साधारण माग हो, धेरै त सम्झौता पनि भइसकेको छ, यसलाई पुरा गरिदिनुस् ।’
माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् । त्यस्तै, उनले कर्णाली प्रतिष्ठान खुलेको आठ वर्ष भइसकेपनि एमबीबीएस कार्यक्रम सुरु हुन नसकेको बताएका छन् । त्यस्तै, उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका धेरै फाइलहरु रोकेको जनाउदै आयुक्तहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग पनि गरेका छन् ।
डा. केसीले गत भदौ २९ गते विभिन्न ६ बुँदे माग राखेर जुम्लाको बाबिरामष्ट मन्दिरमा अनशन थालेका थिए । तर, उनको स्वास्थ्यावस्था कमजोर बन्दै गएपछि काठमाडौं ल्याइएको छ । हाल उनकाे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकोको आकस्मिक कक्षामा अनशनरत छन् ।
प्रतिक्रिया