+
Search

ताजा अपडेट +

पपुलर +

आज अहिलेसम्मकै धेरैको मृत्यु, मृतककाे संख्या पुग्याे ४५३

4KNationalDaily
२०७७ आश्विन ८, बिहीबार १६:३० बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

काठमाडौं- पहिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८२३ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।

हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४५७ निको भएका छन्। योसँगै ५० हजार ४११ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२.७ प्रतिशत हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily