गोरखा- अजिरकोट गाउँपालिका वडा नम्बर-५ मुच्चोकले वडा भित्रका नागरिकहरुलाई यस वर्षको चाड पर्व जुन स्थानमा रहि आएको छ सोही स्थानमा रहेर मान्न आग्रह गरेको छ । साथै वडा प्रवेश गर्न चाहनेले पिसिआर रिपोर्ट पेश गर्न पनि अनिवार्य गरेको छ ।
वडा वडा नम्बर ५ का वडा अध्यक्ष झलप्रसाद देवकोटाको अध्यक्षतामा सर्बपक्षिय भेला गरि गरेको निर्णय अनुसार अब वडा नम्बर ५ मा बाह्य मुलुक वा अन्य जिल्लाबाट प्रवेश गर्न चाहने जोसुकै नागरिकहरुले ७२ घण्टा नकटेको पिसिआर रिपोर्ट देखाएर मात्रै आउन पाइने मुच्चोक स्वास्थ्य चौकी इन्चार्ज राजकुमार विकले जानकारी दिए ।
यसैगरी भेलाले कोविड-१९ सङ्क्रमणको बढ्दो जोखिमलाई ख्याल गर्दै यस वर्षको विजया दशमी तथा तिहारको टीका लगाउन वडा भित्र मात्रै आवतजावत गर्न पाइने, आवतजावत गर्दा स्वास्थ्य माापदण्ड पालना गर्दै भौतिक दूूरी कायम गर्नु पर्ने मास्क, स्यानिटाइजर र साबुन पाानीको प्रयोग गर्नु पर्ने बताइएको छ ।
यो निर्णयलाई पालना गर्न सबैलाई अनुरोध गर्दै अटेर गरेमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने बताइएको छ ।
निर्णयको प्रभावकारी कार्यान्वयनको निमित्त ५ नम्बर वडाको टोल टोलमा उपसमिति निर्माण गरि सचेतना कार्यक्रम गरिने पनि निर्णय भएको वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया