+
Search

ताजा अपडेट +

पपुलर +

नर्सहरुमाथि चरम श्रम शोषण, १० हजारमै काममा घोटिँदै

4KNationalDaily
२०७७ आश्विन ८, बिहीबार ०७:२२ बजे

काठमाडौं- महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका छन्।

सरकारी अस्पतालमा सरकार आफैँले घोषणा गरेको प्रोत्साहन भत्ता दिएको छैन। निजी अस्पतालमा पनि न्यूनतम सुविधासमेत नदिएर १२ घन्टासम्म काममा लगाउने गरिएको छ।

सामान्य अवस्थामा आठ घन्टासम्म ड्युटीमा खटिने नर्स महामारीको यो वेला १२ घन्टा खटिएका छन्।

तर, रातदिन नभनी अतिरिक्त सेवामा खटिएका नर्सका लागि निजी अस्पतालमा कुनै सुविधा छैन। यसै पनि श्रम शोषणमा परेका नर्सहरूमाथि अहिले महामारीका वेला थप अन्याय भएको खबर आजको नयाँ पत्रिकामा सागर चन्दले लेखेका छन।

महामारीबीच पनि विराटनगरस्थित नोबल मेडिकल कलेजका स्वास्थ्यकर्मी बिरामीको सेवामा खटिएका थिए । बिरामीको सेवा गर्दागर्दै नर्स ज्योति पोखरेल संक्रमित भइन्।

‘अस्पतालमा काम गर्दागर्दै संक्रमित भएँ, आफूले नै काम गर्ने अस्पतालमा बस्छु भनेँ । तर, तिमीलाई राख्न सकिँदैन भनेर जवाफ आयो, आफ्नै अस्पतालले यस्तो व्यवहार गर्‍यो,’ पोखरेल नरमाइलो मान्छिन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily