+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना संक्रमित कैदीको वीर अस्पतालमा मृत्यु, हत्या भएको परिवारको आरोप

4KNationalDaily
२०७७ आश्विन ६, मंगलवार १५:०८ बजे

काठमाडौं- केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका कैदीको उपचारको क्रममा ज्यान गएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् । वीर अस्पताल अगाडि उनीहरुले प्रदर्शन गरेका हुन्।

कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहेका ६३ वर्षका रामलखन जैसवाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि अशोज ३ गते वीर अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा सोही दिन निधन भयो ।

स्वाब संकलन गरी भएको पीसीआर परीक्षणको रिपोर्ट सोमबार बेलुका आएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । र उनमा काेराेना संक्रमण पुष्टि भएकाे उनले बताए।

२०८९ सालमा जेलमुक्त हुने थिए उनी । उनको परिवारका सदस्यले भने जेलमै उनको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । परिवारका सदस्यसँग कुरा भइरहेको जेलर बाँस्कोटाले बताएका छन् ।

जन्मकैदको सजाय भोगिरहेका रुपन्देहीको सिद्धार्थ नगरपालिकाका जैसवाल मिर्गौलाका रोगी थिए । उनको डायलासिस पनि हुँदै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily