+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षण अस्पताल जान लागेका डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

4KNationalDaily
२०७७ आश्विन ६, मंगलवार १४:३३ बजे

काठमाडौं- चिकित्सा शिक्षा सुधारका लागि माग राख्दै अनसनरत डा गोविन्द केसीमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। मंगलबार नेपालगञ्जबाट आएका डा केसीमाथि प्रहरीले उनी चढेको गाडीभित्र नै पुगेर दुर्व्यवहार गरेको हो।

डा केसीले आफू त्रिवि शिक्षण अस्पतालमा पुगेर अनसनलाई जारी राख्न चाहेका थिए। तर प्रहरीले भने लछारपछार गर्दै उनी बसेको गाडीबाट निकालेको भिडियोमा देख्न सकिन्छ।

प्रहरीले उनलाई बल प्रयोग गरेर निकालेपछि उनले ओली सरकारविरुद्ध नारासमेत लगाएका थिए। हाल उनलाई राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्ष पुर्‍याइएको उनका सहयोगीले जानकारी दिएका छन्।

जुम्लामा अनसन गर्दै आएका डा केसी असुरक्षा महसुस भएको भन्दै सोमबार नेपालगञ्ज आएका थिए। उनी नेपालगञ्जबाट बुद्ध एयरको नियमित उडानबाट मंगलबार काठमाडौं आएका हुन्। मंगलबार डा केसीको अनसनको नवौं दिन हो।

यति लामो समयसम्म पनि डा केसीका मागका विषयमा कुनै चासो नदेखाएपछि सरकारको आलोचना हुँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily