+
Search

ताजा अपडेट +

पपुलर +

सौरपानीमा ‘बारपाक पोलिटेक्निकल इन्स्टिच्युट’ : तीन बर्षे बाली विज्ञानमा भर्ना खुल्याे

4KNationalDaily
२०७७ आश्विन ६, मंगलवार ०९:१४ बजे

गोरखा– बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी हुँडिफाँटमा कृषि प्राविधिक शिक्षालय स्थापना भएको छ ।

संघिय सरकारको कार्यक्रम अन्र्तरगत सीटीईभीटीको आंगिक शिक्षालयको रुपमा सौरपानीमा ‘बारपाक पोलिटेक्निकल इन्स्टिच्युट’ स्थापना भएको हो ।

हाल आफ्नै भौतिक संरचना नभएता पनि शिक्षालयले यसै वर्ष देखि सीटीईभीटी अन्तरगतको तीन बर्षे बाली विज्ञानमा भर्ना समेत खुलाएको छ । भौतिक संरचना बन्ने क्रममा रहेकाले आफ्नै भौतिक संरचना नबन्दासम्म सैध्दान्तिक कक्षा मुलदेवी आधारभुत बिद्यालयमा र प्रयोगात्मक कक्षा हिमालय माध्यमिक विद्यालयमा संचालन गर्ने गाउँपालिकाले जनाएकाे छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरि असोज १५ भित्र भर्नाको लागि आवेदन दिई सक्नुपर्ने जनाएको छ ।

बारपाक पोलिटेक्निकल ईन्सटिच्युटले यो वर्ष बाली विज्ञान तर्फ ४० जनाको कोटा अनुमति पाएको छ ।

बाली विज्ञानमा भर्ना हुन बिद्यार्थीले एसइइ परिक्षामा गणित, बिज्ञान र अंग्रेजी मध्ये कुनै दुई बिषयमा ‘सी’ र अर्को एक बिषयमा ‘डि प्लस’ ग्रेड ल्याएको हुनुपर्नेछ । गाउँपालिका भित्रका विध्यार्थीलाई वार्षिक शुल्कमा पालिकाले ५० प्रतिशत छात्रवृत्तीको ब्यवस्था गरेको गाउँपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily