+
Search

ताजा अपडेट +

पपुलर +

गत २४ घण्टामा काेराेनाबाट ११ सय ५४ संक्रमित, १६ को मृत्यु

4KNationalDaily
२०७७ आश्विन ५, सोमबार १७:३७ बजे

काठमाडौं- कोरोना संक्रमणबाट गएको २४ घण्टामा नेपालमा १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको छ।

मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै काठमाडौंमा ५८ र ७३ वर्षीय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

यस्तै मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षीया महिलाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ।

सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily