+
Search

ताजा अपडेट +

पपुलर +

माहामारी नियन्त्रणमा : स्वस्थ्य संस्थाको भूमिका

4KNationalDaily
२०७७ आश्विन ४, आईतवार १७:४० बजे

आजको सन्दर्भमा अति आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने सार्वजानिक अस्पतालहरुमा सेवाप्रवाहको गुणस्तर र सेवाग्राहीहरुको विचारलाई समेत विश्लेषण गर्नु आजको आवश्यकता भएको छ ।

वर्तमान सन्दर्भमा, कोरोना भाईरसले विश्वमा नै करोडौँ मानिस प्रभावित र करिब ९६१,४००जना मानिसको मृत्युवरण भईसकेको छ भने यस लेख लेख्दासम्म नेपालमा ६२,७९७ जनामा कोरोना पुष्ठि भईसकेका छन् भने ४०१ जनाको मृत्यु भर्ईसकेको छ ।

ठूला शक्तिशाली राष्ट्रमा पनि यस भाईरसले ठूलो क्षति पु¥याएको छ जस्तैः अमेरिका, ब्राजिल, भारत, रसिया, ईटलीआदि । यस कोरोना भाईरसको प्रभाव परि हाम्रो देश नेपाल पनि उच्च जोखिममा परेको छ । नेपालमा अति आवश्यक स्वास्थ्य सेवाको भौतिक पूर्वाधार तथा उपकरण आवश्यक मात्रामा छैन्न भएको पनि उचित प्रयोग हुन सकेको छैन् ।

भौतिक पूर्वाधार जेनतेन चलेपनि निहित स्वार्थको कारणबाट सम्बन्धित उपकरणहरुको व्यवस्थापन ज्यादै नाजुक छ । सो कार्य संघ, प्रदेश ले स्थानिय तहमा आजसम्म आवश्यक मात्रामा पु¥याउन सकेका छैन्न र स्थानिय सरकारले पनि स्वास्थ्य उपकरणहरु आवश्यक मात्रामा व्यवस्था मिलाउन सेकेको पाईदैन ।

सो कुराको प्रमाणीकरण अस्पतालका स्वास्थ्यकर्मीबाट प्रष्ट रुपमा सञ्चारकर्मी मार्फत बाहिर आईरहेको छ । साँच्चैनै भन्नुपर्दा स्वास्थ्यकर्मीलाई कोरोना भाईरस रोकथामको लागि चाहिने उपकरण एवं आवश्यक दक्षता ज्यादै न्यून छ । सो सम्बन्धि आवश्यक उपकरण तथा तालिम नदिई सो भाईरसको उपचार गर्नु भन्नु, कुनै लडाई लड्न सैनिकलाई विना हतियार लडाई लडि बिजय हासिल गर्नु भने जस्तै हो ।

कयाैं अस्पताल चार्दाचार्दै मृत्यु समचारले कोरोनाबाट नागरिकलाई जोगाउने सम्वेदनशिलता प्रष्ट हुन्छ । लकडाउन हटेपछि, हटेका दिनहरुमा कोरोना संक्रमण दर तिव्र भएको छ । परिक्षणको दायरा बढाएर, भन्टिलेटर सहितका कोरोना अस्पतालको संख्या बढाउनु पर्ने माग भएपनि सरकारले आवश्यक व्यवस्था मिलाउने व्यवस्थातिर नलागी आँफैभित्र शक्ति खेलमा रुमल्लिएको छ । नेपाली जनता भने भोक र रोगले ग्रसित छन् । साधारण रोगको समेत उपचार गर्न पाएका छैनन् ।

कोरोना माहामारीको त परै जावस । कोरोना माहामारी तथा अन्य रोगको रोकथामको लागि नेपाल सरकारले माहामारीको अस्पताल र अन्य रोगको अस्पताल भनि छुट्याउन ढिला भईसक्यो । अन्य रोगको विरामी (रुघाखोकी, प्रसुति, झाडापखला, आउँ, क्यान्सर, उच्च रक्तचाप, मधुमेह, आदि) ले पनि हालको स्थितिमा उपचार गर्न पाएका छैनन् । साथै विरामी अस्पताल जान त्रसित छन् । अस्पताल गएपनि कोरोनाको जाँच गरि आईज भनि विरामीलाई अस्पतालले फिर्ता पठाएको अवस्था छ ।

अथवा अस्पतालहरुले विरामीको उचित किसिमको सेवा दिन नसकेको अवस्था छ । यो कारणबाट अन्य रोगको विरामी तथा विरामीका सारोकारवालाहरु पनि उपचार गर्न नपाई मानसिक तनावमा छन् । तनावका कारण विभिन्न विकृतिहरु देखा परि घटनाहरु घटेका छन् । साथै सर्वसाधारण जनतामा पनि एक्लोपनले डिप्रेसनमा गएका छन् । विरामीको उपचार सरकारी अस्पताल तथा निजी अस्पतालहरुले हेलचेक्य्राइँ गरे कडा भन्दा कडा कारवाही गर्नुपर्छ ।

सहज हुँदा चाँही जनतालाई चर्काे मुल्यमा स्वास्थ्य सेवा दिएर पैसा कमाउने अनि माहामारीको बेलाचाँही विरामीको वास्थै नगर्ने, त्यस्ता निजी अस्पतालहरुलाई आवश्यक कानुनी दायरामा ल्याउनु अति आवश्यक छ ।निजि अस्पतालमा पनि माहारमारीको अस्पताल र अन्य रोगको अस्पताल भनि छिटो भन्दा छिटो वर्गिकरण गर्नु आजको आवश्यकता हो । स्वास्थ्य सेवा लिने विरामीहरु आफु सम्पर्कमा रहेका अस्पताल एवं स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीद्धारा कुन किसिमबाट व्यवहार गरिएको छ ।

प्रवाहित अति आवश्यक स्वास्थ्य सेवा र तत्कालको वातावरणले पनि विरामीमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । स्वस्थ्य संस्थामा सेवा प्रवाह र सेवा प्रवाहको वातावरणलाई पनि महत्वका साथ लिनु पर्दछ । स्वास्थ्य सेवाबाट देखिएका असर बिरामीको रोग निराकरणको लागि स्वास्थ्यकर्मी सँधै नै सकारात्मक हुनुपर्दछ । बिरामीप्रति अस्पतालले गुणस्तरीय सेवा, मित्रवत व्यवहार र बोलीचाली नै बिरामी सन्तुष्टिको प्रमुख कडी हो ।

गुणस्तर सेवाको लागि आवश्यक उपकरणहरु स्वास्थ्य संस्थामा उपलब्ध हुनु पर्दछ । आजको कोरोना भाईरसको सन्र्दभमा उपलब्ध गर्न सक्ने उपकरण पनि सम्बन्धित निकायले उपलब्ध गराउन सकेको छैन र उपलब्ध गराउने प्रयास पनि निहित स्वार्थमा अल्झि खरिद कार्यमा नै प्रश्न उठिरहेको छ । नेपाल सरकारको सार्वजनिक अस्पतालमा अति आवश्यक स्वास्थ्य सेवा बिरामीहरुलाई उपयुक्तढङ्गबाट गुणस्तर, शिष्ट र नम्र व्यवहारः सम्बन्धित विरामीको अधिकार नै सबैभन्दा महत्वपूर्ण पक्ष हो, जुन स्वास्थ्य उपकरणको कमीका कारण नारामा मात्र सीमित भएको छ ।

राजधानी काठमाडौँ मै रहेको स्वास्थ्य संस्थमा समेत आवश्यक उपकरणको कमि हुँदा पनिसरकारले सो समस्या स्थायी रुपमा हल गर्ने खासै योजना नल्याई अति आवश्यक स्वास्थ्य सेवा र अस्पतालको अस्तित्व र पहिचान, स्वास्थ्यकर्मी माथिनै नकरात्मक पश्न चिन्ह खडा भएको छ । यस्तो प्रश्न चिन्ह खडा हुनु भनेको ज्यादै दुखको कुरा हो ।

सोकारणले अस्पतालमा अति आवश्यक सेवा लिन आउने सर्वसाधारण जनताको जीवन थप कष्टकरमय बनाएका छन् । ठूलो धनराशी लगानी हुँदा पनि सहजरुपमा अस्पतालमा आवश्यक उपकरणको उचित यवस्थापन गर्न नसक्नु कसको कमजोरी त ? सरकार, कर्मचारी र सम्बन्धित निकायहरु आदि कुराको निक्र्यौल गर्ने बेला भएको छ । किनभने अति आवश्यक गुणस्तरिय स्वास्थ्य सेवाको उपलब्धतामा अवरोध हुनुठुलो खेलवाड हो । यस्तो समस्या आउनु ज्यादै दुःखको कुरा हो ।

अतः राजधानी र देशका अन्य स्थानमा सर्वसाधारणको जनस्वास्थ्यमा प्रतिकुल असर नपर्ने गरी छिटो भन्दा छिटो आवश्यक उपकरणको उचित व्यवस्था गराई कोरोना भाईरसको उचित रोकथाम गर्नु समयको माग थियो । यो माग पुरा गर्न नसक्दा स्थिति भयावह हुँदै छ । माहामारी नियन्त्रण स्वास्थ्य संस्थाको भुमिका उच्च भएकोले स्वास्थ्य संस्थाको उचित व्यवस्थापन हुनु आजको आवश्यकता हो भन्नुमा अयुक्ति नहोला ।

कोरोना भाईरस माहामारी को रोकथाम गर्नु महत्वपूर्ण पक्ष त छदैँ छ साथै अन्य रोगको पनि सहज तरिकाबाट दुबै किसिमको अस्पतालमा सहज तरिकाबाट उपचार हुनुपर्दछ । प्रत्यक्ष जनसरोकारका लागि जिम्मेवारी पाएका सरकार, तथा अस्पताल स्वास्थ्यकमीको रवैयामा अस्पतालको छवि निर्भर गर्दछ । स्वास्थ्य संस्थाले गुणस्तरिय स्वास्थ्य सेवा दिई विरामीसँग नम्र र मित्रवत हुनु जरुरी छ ।

बिरामीको सन्तुष्टिले गुणस्तरिय सेवा उत्पादन, सेवा प्रवाह र सेवा प्रवाहको वातावरणमा सकारात्मक सम्बन्ध राख्दछ । नेपाल सरकारले यस विषयमा गाम्भीरताबारे विचार हुन जरुरी छ । प्राय स्वास्थ्यकर्मीमा मुख्य यी कुराले प्रभावित भएका हुन्छन् । उपकरणको अभाव, राजनितिक भागबन्डा, अविस्वासको वातावरण–एकले अर्कोलाई विश्वास नगर्नु र आफु वाहेक अरु सवै ठग, चोर र असक्षम छन् भनी ठान्नु ठुलो गलत सोचाई हुन पुगेको छ । यस्तो वातावरणले गर्दा काम गर्ने स्वस्थ्यकर्मीको मनमा पनि अन्ततोगत्वा काम नगर्ने भावना श्रृजना हुन गई अति आवश्यक स्वास्थ्य सेवाप्रवाहमा ठुलो असर पर्न गएको देखिन्छ ।

सही मूल्याङकन नहुनु–कुनै पनि कामको वा मानिसको सही मुल्याङकन गर्ने गराउने अर्थात हुने वातावरण भएन । मूल्याङकन कर्ताले राजनिति आस्थाको आधारमा भरसक कसैको भनाई सुनेर मूल्याङकन गर्ने परिपाटी वसालिएको छ । जसले गर्दा काम गर्ने मानिसमा नैराश्यको भावना जागरण गराई काम नगरे पनि हुने हो कि भन्ने सोचाईमा अभिवृद्घि हुंदै गएको पाइएको छ ।

उपरोक्त बुदाहरु एवं कमीकमजोरी अति आवश्यक स्वास्थ्य सेवामा सेवामा कोरोना भाईरस हो । यो भाईरसलाई निर्मूल गर्न धेरै कठिन भएपनि समयमा उचित उपकरण बाट दक्ष सेवा दिई कोरोना भाईरसको पहिचान गरि रोकथाम गर्न सकिन्छ । यसको लागि विरामी र स्वास्थ्यकर्मीको भूमिका उतिकै महत्वपूर्ण छ ।

उपलब्ध भौतिक सुविधाहरुको मर्मत सम्भार गरी विरामी अनुकुल हुने गरी सुधार गर्न जरुरी छ । अस्पतालले जनचाहना अनुरुप विश्वास संग्रह गर्नुपर्छ । असल स्वास्थ्यकर्मी सबै स्वास्थ्य संस्थाकालागि सधैं जरुरत छ जसले अति आवश्यक स्वास्थ्य सेवालाई पनि अभिप्रेरणा दिन्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरेको विरामीले स्वास्थ्यकर्मी तथा अस्पतालको स्वास्थ्यसेवाको प्रचारप्रसार गर्छ ।

विरामी र स्वास्थ्यकर्मीको बोली नै अस्पतालको विज्ञापन हुन जान्छ र नयाँ स्वस्थ्य सेवा लिने सर्वसाधरणलाई आकर्षित गर्न सजिलो हुन्छ । शिष्ट, नम्र व्यवहार रगुणस्तरिय सेवा सबैको अधिकार एवं अस्पताल सेवामा सेवा प्रदायकको गहना हो । माथिको तथ्यको आधारमा अति आवश्यक स्वास्थ्य सेवा कस्तो छ भन्ने कुरा कुन मापदण्डमा छ स्वत प्रमाणीत हुन्छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमित निको हुने दर ७२.१ प्रतिशत छ ।सार्क राष्ट्रमध्ये पाकिस्तानमा कोरोना निको हुने दर सबैभन्दा धेरै ९५.७ प्रतिशत देखिएको छ भने श्रीलंकामा ९३.५ प्रतिशत छ । नेपालमा कोभिडको मृत्युदर ०.६० प्रतिशत छ सार्क मुलुकमा सबैभन्दा कम मृत्युदर माल्दिभ्स ०.३० प्रतिशत छ भने सबैभन्दा बढी अफगानस्तानमा ३.७ प्रतिशत छ । भारतमा मृत्युदर १.६ प्रतिशत, वंगलादेशमा १.४ प्रतिशत र श्रीलंकामा ०.४ प्रतिशत छ ।

यो लेख तयार पार्नेबेला सम्म सार्क राष्ट्रमध्ये भुटानमा कोभिडले कसैको मृत्यु भएको छैन । पछिल्लो तथ्यांक अनुसार हाल नेपालमा ९ लाख ४ हजार ७०६, भारतमा ६ करोड३६ लाख ६१ हजार ६०, पाकिस्तानमा ३१ लाख २६ हजार ३८०, श्रीलंकामा २ लाख ६६ हजार ५७, माल्दिभ्समा १ लाख २८ हजार ६०८, भुटानमा १ लाख २४ हजार ८३९, वंगलादेशमा १८ लाख ९ हजार ६७९ र अफगानस्तानमा १ लाख ८ हजार १९३ जनाको कोरोना परिक्षण गरिएको छ । (२०७७÷०६÷०४ गतेको तथ्यांक)

निश्कर्षमाः कोरोना माहामारीमा नेपाली जनतामा नै सचेतना आउनु आवश्यकता छ । यसबारे नेपालको तिनै तहको सरकारले आवश्यक व्यवस्था मिलाउने, सामाजिक दुरी कायम गर्ने, आवश्यकता अनुसार साबुनपानीले हात धुने, मास्क, स्यानिटाईजरको प्रयोग गर्ने, सरकारले अविलम्ब माहामारी अस्पताल र अन्य रोगको अस्पताल तोकिदिने, सरकारी तथा निजी दुबै अस्पतालमा आवश्यक उपचार हुने वातावरण सृजना गरिदिने,स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरु आफै स्वास्थ्य (भौतिक पूर्वाधार, आवश्यक उपकरण, दक्ष जनशक्ति र वातावरणमैत्री) हुन पर्दछ ।

सरकार, मन्त्रालय, विभाग, निजी अस्पताल निहित स्वार्थमा लाग्नु हुँदैन । आजको भयावह कोरोना भाईरसको उपचार सेवा प्रदान गर्दा गुणस्तरलाई ध्यानमा राख्नु र विरामीहरुको विश्वास सधैं प्राप्त गरी राख्नु भनेको अस्पतालहरुकालागि आफ्नो दीर्घकालिन स्वच्छ वातावणीय सोच र गन्तव्यमा पुग्ने स्वास्थ्य सेवाको मूख्यबाटोलाई सहज बनाउनु हो साथै नेपाली जनताको विश्वास जित्नु हो ।

स्वास्थ्य सेवामा थपिएका नौला आयामहरुमा आफूले प्रवाह गरेको सेवाबारे सरोकारवाला विरामी समूहको के कस्तो अवधारणा छ, लक्षित समुदायले कसरी सेवा लिईरहेको छ भनी समय समयमा अनुगमन र मूल्याङ्कन गर्नु अत्यन्त जरुरी छ ।

सो अनुगमन र मूल्याङ्कनको आधारमा सुधार गरी स्वास्थ्य सेवा निहित स्वार्थ रहित बनाउनु सक्नुपर्दछ तवमात्र हालको भयावह स्थितिको समाधान गर्न सकिन्छ । यो नै आजको आवश्यकता हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily