+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यमा सुधार आएपछि कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

4KNationalDaily
२०७७ आश्विन ३, शनिबार १५:४३ बजे

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना भएका थिए ।

महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज ‘डिस्चार्ज’ भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् ।

यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आम जनतामाझ जानकारी गराउने पत्रकार तथा आफ्नो उपचारमा सङ्लग्न डा विश्वनाथ कोइरालालगायत चिकित्सक टोलीलाई समेत धन्यवाद व्यक्त गरेका छन् ।

उनले आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने जानकारीसमेत गराएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily