+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं र ललितपुरका ५ सय कोरोना संक्रमित सम्पर्कमा छैनन्, कतिलाई भाइरस सारिसके हाेलान्!

4KNationalDaily
२०७७ आश्विन २, शुक्रबार ०९:०७ बजे

काठमाडौ- राजधानीका दुई महानगरपालिकाका ५ सय जना कोरोना संक्रमित सम्पर्कविहीन छन्। पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ।

काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा समस्या आएको हो।

दुई महानगरपालिकाभित्र टेकु अस्पताल र विभिन्न ल्याबमा परीक्षण गर्न स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको हो।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले परीक्षणकर्ताले गलत सूचना दिँदा समस्या आएको बताए। राजधानीका विभिन्न ल्याबमा परीक्षण गर्दा पोजिटिभ आएका संक्रमितले दिएको मोबाइल नम्बर र ठेगाना गलत हुँदा समस्या आइरहेको उनकाे भनाइ छ।

‘हाम्रो तथ्यांकमा ४ सय ५२ देखिएको छ, प्रहरीको सहयोगमा केहीलाई पक्राउ गरे पनि तथ्यांक घट्न सकेको छैन। परीक्षण गर्ने क्रममा काठमाडौं लेखेका हुन्छन्, मोबाइल नम्बर अर्कै दिन्छन्। परीक्षण गर्दा पोजिटिभ आएर सम्पर्क गर्दा स्विचअफ हुने गरेको छ,’ उनले भने।

कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले आफ्नै कर्मचारी खटाएर ट्रेसिङ गर्दा पछि झुटो विवरण उल्लेख गर्ने संक्रमितलाई फेला पार्न नसकिएकाे बताए। उनले भने, ‘विवरणअनुसार संक्रमण देखिएको व्यक्ति नभेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य सेवा विभागमा विवरण पठाउँछौं।’

प्रहरीको सहयोगमा केहीलाई फेला पारेको हुन सक्ने उनकाे भनाइ छ। ‘संक्रमित भागेपछि उनीहरुले कतिलाई संक्रमणको जाखिम बढाउछन् भन्ने विषयमा कुनै तथ्यांक छैन। तैपनि हामीलाई यही विषयले सधैंजसो तनाव हुने गरेको छ,’ विभागीय प्रमुख कुँवरले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily