+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना त्रासले मानसिक समस्या बढ्दै

4KNationalDaily
२०७७ आश्विन २, शुक्रबार ०८:०९ बजे

काठमाडौं- काठमाडौँ मेडिकल कलेज मानसिक रोग विशेषज्ञ डा.रचना शर्मा बस्नेतले कोरोना महामारीले बालबालिका तथा ज्येष्ठ नागरिकमा मानसिक रोगको समस्या बढ्दै गएको बताएकी छन्।

कोरोना त्रास बढ्दै गएपछि मलाई पनि कोरोना लाग्छ कि भन्ने चिन्ता मानिसमा भइरहने भन्दै उनले मानसिक चिन्ता कम गर्न विभिन्न क्रियाकलाप गरिरहनुपर्ने बताइन्।

सरकारले ६० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकालाई बाहिर ननिस्कन गरेको आग्रहले पनि उनीहरूमा मानसिक समस्या बढेको खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

डा.बस्नेतले दीर्घरोगी, नियमित औषधि सेवन गर्ने मानिसमा चिन्ता, त्रास र मानसिक समस्या बढेको बताइन्। खान मन नलाग्ने, निद्रा नलाग्ने जस्ता समस्या पनि मानसिक रोगको समस्या भएको उनको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily