+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका १३ सहित गण्डकी प्रदेशमा थपिए ५० कोरोना संक्रमित

4KNationalDaily
२०७७ भाद्र ३१, बुधबार ०८:५४ बजे

गाेरखा– गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।

कास्कीका २९, बागलुङका ३, तनहुँका ५ र गोरखाका १३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कास्कीका २९ जनामध्ये ८ जना नेपाल प्रहरी र एक जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत रहेको रहेको जनाइएको छ। उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जनाइएको छ। याेसंगैप्रदेशमा काेराेना संक्रमितकाे संख्या ३१६६ पुगेकाे छ ।

गोरखाका १३ जनामध्ये गाेरखा नगरपालिका र भिमसेन थापागाउँपालिकाका २/२ जना छन् भने सहिद लखन गाउँपालिकाका १ जना संक्रमित छन् । त्यस्तै, बारपाक-सुलिकाेट गाउँपालिकाका ८ जना रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily