काठमाडौ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण सबै प्रयोगशालाले सबै शुल्कसहित अधिकतम २ हजार रुपैयाँ तोकेको छ ।
आइतवार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रेस व्रिफिगंका क्रममा सो कुराको जानकारी गराएका थिए । स्वास्थ्य उपकरणको मुल्य घटेकाले पीसीआर परिक्षणको शुल्क पनि समायोजन गरिएको उनको भनाई थियो । तर सरकारले दिएको सो निर्देशन निजी अस्पतालहरूले नमान्ने भएका छन् ।
मन्त्रालयले आइतबार सूचना जारी गर्दै कोभिड परीक्षण गर्ने प्रयोगशाला तथा अस्पताललाई २ हजारमा पीसीआर परिक्षण गर्न भन्दै निर्देशन दिएको छ । तर सरकारले सो निर्देशन विपरित निजी प्रयोगशालाहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरुले सरकारी निर्णय अनुसार कोरोना संक्रमितको पिसिआर परीक्षण गर्न नसकिने जनाएका छन् ।
मन्त्रालयले आफूहरुसँग कुनै सल्लाह नगरी २ हजार शुल्क तोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हेम्स अस्पतालको नेतृत्वमा स्टार, बीएन्डबी, मेडिसिटी, सेन्टर डाइग्नोस्टिक, सौर्य, विथ ल्याब, सिएमसी, एनपीएल बुटवलगायतका निजी अस्पतालका प्रयोगशालाले सरकार उक्त निर्णयप्रति आपत्ति जनाउँदै विज्ञप्ती सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा विश्वव्यापी गोल्ड स्ट्यान्डर्ड परीक्षण विधिको रुपमा प्रयोग गरिँदै आएको रियल टाइम पिसिआरको परीक्षण विधि, किट, मेसिन, प्राविधिक व्यक्तिहरुको तलब, पिपिईलगायत अन्य आवश्यक सामग्रीहरुको मूल्य नै २ हजार भन्दा बढी पर्ने भएकाले त्यति शुल्कमा परीक्षण गर्नु असम्भव भएको जनाइएको छ। पुरानै शुल्कमा कोरोना परीक्षणका व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरिएको छ।
प्रतिक्रिया