+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा ३२६ सहित पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना पुष्टि

4KNationalDaily
२०७७ भाद्र २२, सोमबार १७:०० बजे

काठमाडाैं- काठमाडौं उपत्यकामा ३२६ सहित पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना पुष्टि भएकाे छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ३२६ सहि देशभर थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ।

काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई १७ सय ३६ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily