समुद्र सतहबाट करिब २८०० मिटर उचाइमा रहेको लाप्राकको गोप्सि/गुप्सीपाखा २८° १२३१`` उत्तरी अक्षाम्श ८४° ४७
१“ पूर्वी देशान्तर बीच फैलिएको छ।
लाप्राक पुरानो गाउँबाट करिब डेढ घण्टा र बारपाक-गुम्दाबाट करिब ३ घण्टामा पैदल हिडेपछि पुगिने गोप्सि/गुप्सीपाखाको सिमाना पूर्व तर्फ थास्सपु(थ+आस्य+पु), पश्चिम तर्फ पुचुकङ ( ), उत्तर तर्फ हवङ् कङ (खोला डाडाँ ), दक्षिण तर्फ भूमेकङ (भूमे डाँडा ) फैलिएको छ ।
हिउँदको समयमा पानीको स्रोत नभएको गोप्सि/गुप्सी पाखामा करिब १६ किमि उत्तर ३९०० मि अग्लो स्थानबाट भूल्मेपुषा (गाई मुलको लेक) बाट पानी ल्याइएको छ । हाल घर-घरमा मिटर जडित धारा राख्न बाँकी छ ।
वि. स. २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले पुरानो गाउँ ध्वस्त भएपछि करिब ६ सय ४२ घर धुरी लाप्राकको आश्रय स्थल बनेको यो पाखाको नाम कसरी नामाकरण भयो भन्ने सन्दर्भमा स्थानीय जनवोली गुरुङ भाषाको तथ्य आधार मान्दा गुप्सी पाखाको शिरमा रहेको नतुरकङ (छेउ माथि शिर उठेको डाँडा ) बाट तल हेर्दा गुरुङ भाषामा कोप शब्दले दुई डाँडा बीचको खाल्टो वा भञ्ज्याङ /खोपिल्टो भन्ने अर्थ लाग्छ ।
यस शब्दको आधारमा (कोप्च्या) सम्म परेको खोपीबाट अपभ्रम्शित भई गोप्सि बन्ने अनुमान छ । कोप्च्या-रुपान्तरित गोप्सी'। गुरुङ भाषामा सी ले बहु अर्थ दिन्छ । जुम्रा, अङ्क चार ४, फलफुललाई सी ले बुझाउँछ ।
गुप’ को अर्थ (कितेनोसी) गाईको थुन जस्तो फल जुन स्टोभेरी (भुई काफल) अन्तर्गत पर्दछ । यो चैत वैशाखमा फल्छ । जसबाट प्रस्ट अर्थ खुल्छ गुप्सी ।
१८.३२ हेक्टर करिब ६५ रोपनी जग्गाको फैलावट भएको गोप्सिपाखाबाट उत्तर तर्फ नयन दृष्टिले नजर लगाउँदा बौद्ध हिमाल, रुपिनाला हिमाल, हिमचुली हिमाल, श्रृङ्गी हिमालको चुचुरोले मन चुमेको हुन्छ । पूर्व तर्फको गणेश हिमालले उषाकालिन सुर्योदयमा आफ्नो स्वरूपलाई छोड्दा रातभरीको सून्य डिग्री सेल्सियस तापक्रम एकै चोटि दश डिग्री से. पुगेको अनुभूति हुन्छ ।
सदरमुकाम देखि २२ कोष टाढा रहेको लाप्राकको गोप्सिपाखाका पश्चिम तर्फका पुषुकङ/केका भञ्ज्याङ आदि ठाउँका लालीगुराँसका बोटले नव आगन्तुक अतिथिलाई स्वागत गरेको अनुभूति हुन्छ ।
हाल नयाँ लाप्राकको परिचय बोकेको गोप्सि पाखामा वि. स. २०६७ बैशाख १२ गते आइतबारका मणिकाम देवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका विष्णु मायाँ ढकालले खच्चड गोठालाको हातबाट ज्यान गुमाएकी थिइन् । जुन बेला यो पाखामा बस्ती बसेको थिएन ।
तल्लो मनास्लु पैदल पदमार्गको मूख्य ढोकाको रूपमा रहेको लाप्राकको गोप्सि पाखा कच्ची सडक मार्गको विकास वि.स. २०६८ मङ्सिर ११ गते आइतबारका दिन भए पनि हिउँदका दिनहरूमा हिउँ पर्दा आवाज जावत गर्न कठिन हुन्छ ।
बर्षादको समयमा गोप्सि आइपुग्न राङरूङ (राङलुङ-बेशी वारी ) देखि मान्र्दे-बारपाक-थायर-स्वनान-माथिल्लो स्वनान हुदै मम्चेमा उकालो विसाउदाँ करिब ७-८ घण्टा पैदल यात्रीको थकाइ कष्टकर मेट्न तनहुँ, लम्जुङ लगायतका अजिरकोट गाउँपालिकाका मनोरम दृश्य उपस्थित भइरहन्छ ।
विदेशी पर्यटकको मन छुने गुप्सी पाखामा बढी मात्रामा युरोपेली मुलुकका विशेष त फ्रान्सका पर्यटकहरु बढी आउँछन् । भारी पर्यटकको मन छुन सफल गोप्सिपाखा लाप्राकवाशीहरुलाई नेपाल सरकारले ०७२ पौष २१ गते व्यवस्थापिका संसदबाट स्थायी रुपले बसोबास गर्न दिने निर्णय गैर आवाशीय नेपाली संघले नेपाल सरकारबाट अष्ट्रेलियन मोडलमा एसियाको नमुना बस्ती बनाउने भुकम्प प्रतिरोधित आवास निर्माणको घर बनाउने जिम्मा लिएर करिब ६४२ घर मध्ये ५७३ घर निर्माण गरेको छ।
एक घरले ३ आना जमिन पाएको छ । गोप्सि पाखाको पर्यावरणीय प्राकृतिक सुन्दरतालाई यथावत राखी थप भौतिक संरचना थपिदिदा दुलही घर सिघारीए जस्तो सिघाँरीने गोप्सि पाखामा यो लेख लेख्दासम्म गैर आवाशीय नेपाली संघले ५७३ वटा शौचालयको ४/6 फिट सेफ्टी ट्याङ्की तयार गरिएको र जस मध्ये प्रयोग गर्न मिल्ने छाना सहितको २९६ वटा पूर्ण भएको बाँकी काम भइरहेको छ ।
हाल काठको फल्याक छाप्ने काम र भूईमा लेबल मिलाउन ब्यस्त देखिन्छन् । गाउँमा विधुतको विस्तारको कामपनि कोभिड १९ ले प्रभाव भएको छ । पोलसम्म आइ पुगेको उक्त ठाउँमा बस्ती माथि जीप फ्लाईट बनाउने योजना अगाडि सारिएको छ ।
गोप्सि पाखाबाट देखिने हरियाली डाँडा जङ्गल पश्चिम उत्तर तर्फ पुचुकङ, हवङ् कङ, मेलाङ्दी फाट, बस्गु, रुक्चे ताल, चिङ्गारफोलो, चेयबे आदि उत्तर पूर्व तर्फका चोयोकङ, रुकाङ, सलाङ(सिङ्ला गाउँ) पूर्व तर्फ केरौजा, काशी गाउँ आदि ठाउँ देख्न सकिन्छ ।
मानव बसोबास जहाँ हुन्छ त्यहा नै मानवले बनाएको, बसाएको सँस्कार र सँस्कृतिको विकास हुन्छ भनेझै गोप्सि पाखामा लाप्राकीको नयाँ गाउँ हालसम्म १६ घरधुरीमा बसीसकेका छन् । न
याँ लाप्राकको यो नमुना बस्ती गोप्सिमा आफ्नै सँस्कार र रीतिरिवाजको छेवर, अर्घुङ (अन्तेष्टी कर्म), घाँटु नाँच, रामरी निकाल्ने (प्राकृतिक पद्धति वोन झाक्री) परम्परा, मकै विवाह आदि जोगाइ जीपन्त राख्न जरुरत देखिन्छ ।
गण्डकी प्रदेशको पर्वतारोहीको गाउँले चिनिने यस ठाउँमा गोप्सिको दक्षिण तर्फ भूमे डाँडामा सगरमाथा आरोही स्वर्गीय इमानसिंह गुरुङको नामबाट इमानसिंह आरोही पार्क स्थापना गरिएको छ ।
प्रतिक्रिया