+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा ‘कोरोना पाेजेटिभ’

4KNationalDaily
२०७७ भाद्र २१, आईतवार ०९:३८ बजे

गोरखा- शनिबार जिल्ला अस्पताल गोरखामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको नमुना परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

गोरखा नगरपालिका वडा नम्वर ७ की महिलाको परिवारका ३ जनालाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको थियो । सो क्रममा शनिवार बिहान उनको पनि कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

कोरोनाको शकास्पद एक बिरामीको मृत्यु भएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको थियाे । करिब ४ घण्टा आकस्मिक कक्ष सिल गरेर बेलुका ८ बजे आकस्मिक कक्ष खाेलिएकाे थियाे ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उनकाने उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ  ।

कोरोना संक्रमण पुष्टि भएकाले महिलाको शव अब नेपाली सेनाको टोलीले सुरक्षित रुपमा ब्यवस्थापन गर्नेछ । याेसंगै जिल्लामा  २ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily