गाेरखा-कोरोनाको शकास्पद एक बिरामीको मृत्यु भएपछि गोरखा अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । गोरखा नगरपालिका ७ की ७५ बर्षिया बृद्वाको मृत्यु भएपछि आकस्मिक कक्ष सिल गरिएको हो ।
अस्पतालले सूचना जारी गर्दै नगरपालिका ७ निवासी ७५ बर्षिया महिला अचेत अवस्थामा गोरखा अस्पतालको इर्मजेन्सीमा उपचारका क्रममा मृत्यु भएको र निजको कन्ट्याक ट्रेसिङको क्रममा स्वांब लिइएकाले अस्पतालको आकस्मिक कक्ष सिल गर्नुपरेको अस्पतालले जनाएको छ ।
मृतक महिलको पिसिआर रिपोर्ट नआएका कारण रिपोर्ट नआउदासम्मक लागि इर्मजेन्सी सेवा बन्द गरिएको छ’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया