+
Search

ताजा अपडेट +

पपुलर +

२४ घण्टायता थप १३५९ जनामा कोरोना संक्रमण, ४२ हजार २३६ पुगे संक्रमित

4KNationalDaily
२०७७ भाद्र १९, शुक्रबार १६:३१ बजे

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ जना पुगेको छ। हाल देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित छन्।

हाल ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा छन् भने १० हजार ९४२ जना संस्थागत आइसोलेसनमा छन्। १३ हजार ६३८ जना पिसिआर परीक्षण भएको छ भने हाल ६ हजार ५६१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १३५४ जना निको भएका छन्। यो सँगै २५ हजार ५६१ जना निको भएर घर फर्किएका छन्। यो कुल संक्रमितको ५८ प्रतिशत हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily