+
Search

ताजा अपडेट +

पपुलर +

‘काठमाडाैं उपत्यकामा निषेधाज्ञा होइन कर्फ्यु’

4KNationalDaily
२०७७ भाद्र १७, बुधबार १६:३९ बजे

काठमाडौं– काठमाडौं उपत्यकाका एक सात निषेधाज्ञा थपिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन ।

काठमाडौं उपत्यकामा गत भदौ तीन गतेदेखि लागु गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदैछ । उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने बताएको छ।

काठमाडाैं उपत्यकामा कर्फ्यु लगाउन मेयरहरूकाे सुझाव

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए।

फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए।

उनले अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यु नै उत्तम विकल्प भएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily