+
Search

ताजा अपडेट +

पपुलर +

मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउँदै, सरकारले दियो अुनमति

4KNationalDaily
२०७७ भाद्र १७, बुधबार १६:१७ बजे

काठमाडौं- नेपालमा हिमाल आरोहण गर्न बहराइनका राजकुमारसहित १५ जनाको टोली नेपाल आउने भएको छ।

सोमबार सरकारका प्रवक्ता डा.युवराज खतिवडाले आगामी सेप्टम्बर १५ मा बहराइनका राजकुमारसहित १५ जनाको टोली चार्टर विमानमा नेपाल आउन लागेको र त्यसका लागि सरकारले हिमाल आरोहण गर्ने अनुमति दिने निर्णय गरेको बताएका छन्।

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले बहराइनबाट १५ जना र बेलायतबाट ३ जनाको टोलीलाई लुबुचे र मनास्लु हिमाल आरोहण गर्न दिने अनुमति दिएको प्रवक्ता खतिवडाले बताए।

कोरोनाको प्रकोपपछि हिमाल आरोहणका लागि दिइएको यो पहिलो अनुमति हो। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा सरकारले उक्त अनुमति दिएको हो।

यसरी आउने टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने भएको छ । यसकारले शरद ऋतुको हिमाल आरोहण खुला गर्ने निर्णय भने यसअघि नै गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily