+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा निषेधाज्ञामै झन् किन बढ्दैछ कोरोना संक्रमण? यस्तो छ विज्ञको तर्क

4KNationalDaily
२०७७ भाद्र १५, सोमबार ०८:०१ बजे

काठमाडौं- काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन्।

किन बढिरहेछ त संक्रमण? जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनी भन्छन्, ‘कोरोना भाइरसको इन्कुबेसन पिरियड (लक्षण देखिने समय) १४ दिन हो। यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो। १४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा लक्षण देखिने बेला नै यही हो। कतिपयलाई सातै दिनमा लक्षण देखिन्छ। कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्छ।’

संक्रमितको स्वाब संकलन गरिएको १० दिनपछि पीसीआर जाँच गरिन्छ। रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने र पोजिटिभ भए थप चार दिनपछि जाँच नगरी पनि डिस्चार्ज गर्न सकिने विश्व स्वास्थ्य संगठनको प्रोटोकल रहेकाे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार संक्रमित व्यक्तिबाट १४ दिनपछि अन्यलाई भाइरस सर्ने सम्भावना हुँदैन। त्यसैले डिस्चार्ज गर्दा फरक नपर्ने उनको दाबी छ।

शुक्रराज अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन निषेधाज्ञाको पालनासमेत नगर्ने प्रवृत्ति देखिएको बताउँछन्।

दैनिक कामकाजका लागि चलायनमान बन्नुपर्ने समूहमा कोरोना संक्रमण निकै बढेको पाइन्छ। काठमाडौं उपत्यकासँगै मुलुकभर आइतबार संक्रमितको संख्या वृद्धि भएपछि चिन्ता पनि थपिएको छ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily