गाेरखा- गोरखा नगरपालिका ११ लाई कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर १३ का १० जना र १० छेवेटारका १ सहित ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको हाे ।
१३ मा तीन जना महिला र सात जना पुरुषलाई संक्रमण देखिएको हो । संक्रमित हुनेमा ३८, ४३, ४५, ३२,२३,४३, ३० वर्ष उमेरका पुरुष छन् भने ५, ७५ र २५ वर्षका महिला छन् । वडा न १० मा संक्रमण पुष्टि भएका ५५ वर्षिय पुरुष छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना भएको पुष्टि भएको हो ।
आज मात्रै यस अघि गोरखा नगरपालिका ८ रानिबनका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । गोरखा नगरपालिकामा कोरोना पुष्टि हुने आज मात्रै १२ जना पुगेका छन् ।
संक्रमित थपिएसँगै ‘निषेधाज्ञा’ हट्यो
कोरोना संक्रमितको संख्या नहुँदा निषेधाज्ञा रहेको गोरखामा संक्रमितको संख्या थपिएसँगै निषेधाज्ञा भने हटेको छ । जिल्ला प्रशासन कार्यलयले विज्ञप्ती जारी गरी जिल्ला भित्र सवारी सञ्चालनलाई सहज बनाएको छ ।
जिल्लामा संक्रमितको संख्या बढेसंगै जिल्ला भित्रका स्थानीय तहदेखि अन्य सरकारी कार्यालय खाेल्नैभन्दै प्रसाशनले सुचना नै प्रकाशित गरेकाे छ ।
यस अघि संक्रमितकाे संख्या १ जना रहँदा जिल्लामा भाद्र १ गतेबाट १४ गतेसम्म पूर्ण लकडाउन भएकाे थियाे ।
प्रतिक्रिया