+
Search

ताजा अपडेट +

पपुलर +

गोंगबु घटनाको अनुसन्धान पूरा : अभियुक्त कल्पना मुडभरीले दिइन् यस्तो बयान

4KNationalDaily
२०७७ भाद्र १३, शनिबार ०७:३० बजे

काठमाडौं- प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुुडभरी (पौडेल) लाई मानिएको छ । कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ।

परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए ।

प्रहरीले हत्यामा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् । पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको हत्या गरेको स्वीकार गरेकी छिन् । छोरीले शव व्यवस्थापनमा सघाएको उनको बयानमा थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily