+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण, ३४ हजार ४१८ पुगे संक्रमित

4KNationalDaily
२०७७ भाद्र १०, बुधबार १७:०४ बजे

काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ। हालसम्म १९ हजार ५ सय ४ जना निको भएर घर फर्किउका छन्। हाल सक्रिय संक्रमितको संखया् १४ हजार ७ सय ३९ जना छन्।

पछिल्लो २४ घण्टामा ३८५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

थप ११ को मृत्यु, मृतकको संख्या १७५ पुग्यो

नेपालमा कोरना भाइरसको संक्रकमणबाट थप ११ जनाको मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दुई महिला र ९ पुरुष गरी ११ जानको कोरोना संक्रमणबाट ज्यान गएको बताए। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily