+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाले हरेक १५ सेकेण्डमा एक जनाको मृत्यु !

4KNationalDaily
२०७७ भाद्र ७, आईतवार १२:२५ बजे

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो ।

यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।

जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily