+
Search

ताजा अपडेट +

पपुलर +

संक्रमित मनोदशा : सामाजिक भाइरसले झन् जरो गाड्दै

4KNationalDaily
२०७७ भाद्र ३, बुधबार ०८:४१ बजे

कोरोनाले भयावह बन्दै गर्दा । दिनका दिन धेरै भन्दा धेरै संक्रमित थपिँदै जाँदा, हरेक गाउँ गाउँमा, हरेक टोल टोलमामा नयाँ संक्रमित थपिँदै जाँदा नेपाली समाज नै यति बेला कोरोनाले थिलो थिलो भएको छ ।

हरेक व्यक्तिहरूको मनोदशामा एउटा प्रश्नले कब्जा जमाएको छ । मेरो पालो कैले आउने हो । मेरो परिवारसम्म संक्रमित कैले हुने हो भन्ने मनमा डर, चिन्ता, भयले सताइरहेको छ ?

सुरुमा केस देखिँदा महामारीको रोकथामका लागि विभिन्न खाले विधि अपनाइयो । स्कूलमा विरामी रख्ने कोठा बनाइयो । कतै अस्थायी अस्पताल बनाइयो । कतै कोरोना कै लागि भनेर अस्पताल तोकिए । यस्तै, संक्रमितलाई मात्र छुट्ठै राख्ने काम हुँदा डर एक किसिमको थियो नै त्यति बेला मानसिक तनाव धेरै थिए । डर त झन् पहाड चडेको थियो । एउटा गाउँमा एकजना संक्रमित देखिँदा वार्ड पुरै शिल पनि गरिएको थियो । मान्छेहरू डर त्रास ले भयभीत भएका पनि थियो । आतिएका थिए, लामो एकान्त बास, लामो मानसिक तनाव मा परिवार , समाज गुज्रिरहेको छ ।

यसरी कोरोना संक्रमित बढ्दै जाँदा समाजमा अमानवीय घटना झन् बढ्दै गएको छ । रोगले भन्दा समाजको मनोदशाको मनोवृत्तिका कारण संक्रमितहरु समाजकै नजर बाट साथ पाएका छैनन् । रोग लागे पनि कुनै लक्षण देखिएको छैन तर समाजमा घटेको असामाजिक घटना ले हरेक संक्रमित आतलिएका छन् ।

सामाजिक मनोदशा र रोग प्रति बढी नै ध्यान दिए जस्तै गरी मानवीय संवेदनाको ख्याल नै नगरी समाजमा विभिन्न घटना घटिरहेका छन् । हुन त हाम्रो समाजमा यति धेरै समाजिक समस्या छन् । जसले हरेक दिन हजारौँ व्यक्तिलाई मानसिक रोग बाट ग्रसित बनाएको छ ।

अझ संक्रमित मा स्वास्थ्यकर्मी को संख्या बढ्दै जाँदा अनेकौँ बाधा समस्या आइपर्न र समाज ले थेग्न नसक्ने र उपचार गर्न गराउन कठिनाई हुने हो कि भन्ने कुराहरु पनि आम मानिस मा मनमा खेलेको छ ।

यसरी संक्रमित नै स्वास्थ्यकर्मीहरु हुँदा स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्ने ठाउँमा समाजले झन् उल्टै स्वास्थ्यकर्मीहरुलाई मानसिक समस्या दिएका घटना दिनै जसो सुन्नमा आएको छ ।

भर्खरको मात्र घटना हो चितवनका वरिष्ठ बालरोग विशेषज्ञ आफैं उपचार गर्दा गर्दै दिन रात अनवरत रूपमा काम गरिरहँदा संक्रमित भएर घरको कम्पाउन्ड चाबी लगाई एकदम एकान्त बासमा बस्दा पनि असामाजिक अमानवीय समाजका सुधारक हामी भन्ने महानुभावहरु मिली ब्यानर नै लिएर ‘संक्रमितको घर’ भनेर टास्न जानु यसले छर्लङ्ग देखाउँछ हाम्रो मनोवृत्ति र हाम्रो मनोदशा ।

यो एउटा घटना एउटा हैन । स्वास्थ्यकर्मी अझ भन्दा प्रत्यक्ष रूपमा बिरामी हेरचाह गर्ने नर्सहरू जो आफ्नै घरमा बस्दैन डेरा बासी काम गर्छन घरबेटीहरु बाट घर मै आउन नदिने , छिर्नै नदिने जस्ता खालका घटना ले स्वास्थ्यकर्मी को चरम मानसिक तनाब झेलिरहेका रहेका छन । यो घटना त उदहारण मात्र हुन् यस्तो घटना खोतल्दै जाने हो भने संक्रमितको हरेक घरमा गएर सोध्ने हो भने अनेकौँ छन् ।

मेरो आफ्नै घर नजिक एकजना छिमेकी हुनुहुन्छ पेसाले नर्स हुनुहुन्छ । बिपी कोइराला क्यान्सर अस्पतालमा काम गर्नु हुन्छ । एक बिहानै मलाई फोन गरी बाबु म र अंकलको पोजिटिभ आयो भन्नु भो । म पुगे त्यहाँ को वस्तुस्थिति बुझ्नको लागि ।

जाने क्रममा बाटोमा मान्छेहरू भेटिए अनि भन्न थाले ‘गाउँ मा कोरोना’ भित्राएर छोडौ हैन । एकथरी मान्छेहरू गाउँमा झुण्ड झुण्ड बनाएर गफ गरेको देखिरहेको थिए । सबै जना डर मा थिए । अब हामी लाई नी लागिसक्यो भनेर मानसिक तनाव लिएको आँखामा छर्लङ्ग देख्न सकिन्थ्यो ।

म बाटोमा जाँदै गर्दै केही समाजका मै हु भन्नेहरु बाबु किला गाड्ने हो कि ? डोरो लगाई दिने हो कि ? भन्न सम्म छोडेनन् मैले मज्जाले हुकारे के भएको छ ? के भयो रोग लाओस भनेर लगाएको हो र ? बिरामीको उपचार गर्दा गर्दै सर्यो के गर्ने सोच्नुस् त तपाईंको छोरी चेलीबेटी त्यो ठाउँ मा राखेर अनि म यसरी नै डोरी लिएर तपाईंको घर पुगे भने के हुन्छ ? फन्नक म सँग रिसाएर फर्किएर गए ?

समाजले संक्रमितलाई अवहेलना गरिरहेको छ । भाइरसले उता शारीरिकरुपमामा कमजोर बनाउँदै गर्दा समाजमा देखिएका यस्तो घटनाले मानसिक तनावमा संक्रमितहरु गुज्रिरहेका छन् । हजारौँ संक्रमितमा लक्षण देखा परेका छैन । एउटा सिटामोल पनि खाना नपर्ने छन् । तर तनाव व्यवस्थापन गर्ने नसकने अवस्थामा छन् केही हुने हो कि ? मैले गर्दा परिवारमा भएको अरु व्यक्तिलाई नी सर्यो । भन्ने जस्तो मानसिक समस्याले गुज्रिदा हाम्ले संक्रमितको मनोबल उच्च बनाउने काम गर्नु पर्ने मा समाजले हेला र तिरस्कार दिएको छ ।

कोरोनाले हाम्रो नेपाली समाजको एउटा पाटोलाई छर्लङ्ग परदिएको छ। नेपाली समाजमा भेदभाव, भाइचाराको सम्बन्ध, छिमेकीसँगको मित्रतामा हिजो भन्दा आज समाज स्वार्थी हुँदै गएको छ। सदस्य-सदस्य मिलेर परिवार बन्छ । परिवार परिवार मिलेर समाज बन्छ र त्यो समाज भित्र दुःख, कष्ट, खुसी, हाँसो एकापसमा मा बाट्ने काम हुन्छ र जुन नेपाली समाज त्यसको लागि उदहारण थियो त्यसमा परिवर्तन हुँदै छ ।

हिजोको समाज र आजको समाजमा परिवर्तन देखिएको छ । परिवर्तनको नाराले समाज परिवर्तन हामी गर्छौ भनेर बाटो, चिल्लो सडक, ठूला ठूला घर परिवर्तन भए पनि, शिक्षामा परिवर्तन भए पनि मानवीय समवेदनाको विषयमा हामी खस्किँदै गएका छौं । समाज आधुनिकताको आडमा अमानवीय काम, गलत मनोदशाबाट गुज्रिएको छ ।

आफ्नो खोकी खोकी आर्को खोकी कोरोना पो हो कि भन्ने सम्म पुग्न थालिसकेको छ । हरेक व्यक्तिलाई आफ्नो ज्यानको प्यारो हुन्छ नै । मानवले आफ्नो मात्र ज्यानको लागि बाँच्दैन उ अर्कोका लागि पनि बाँचेको हुन्छ तर यो कोरोना कहरमा मान्छेले संक्रमितलाई गर्ने व्यवहारबाट तँ गनाईस् भनेर सफा गर्दिनुको सट्टा झन् पोहोरको डङ्गुर खनाउने काम गरेका छन्। ।

यसरी समाजले संक्रमित परिवारलाई स्वीकार्न खोज्दैन, पर पर गर्दै जाने क्रम बढ्दै गयो भने , समाजमा संक्रमित कोरोना कारण हैन मानसिक कारण डिप्रेसन, जस्ता मानसिक रोग बाट ग्रसित हुने छ ।

रोगले हैन समाजले बोलेको, हेला गरेको देखेर उसले आफ्नो समाज प्रति रिस, राग र मलाई किन लाग्यो भन्ने प्रश्नबाट संक्रमित लामो समय सम्म सोच्ने गर्दछ र उ शारीरक रूपमा भाइरसबाट छुटकारा पाए पनि समाजले दिएको अर्को विषालु खतरानक भाइरसबाट ग्रसित हुने छ । र, लामो समयसम्म आफूलाई व्यवस्थापन गर्न नसक्ने, समाज प्रति जसरी पहिले आफ्नो कर्तव्य बोध हुन्थ्यो र सामाजिक विचार सँग मेल खाने बिंदुमा आउन कठिन हुने छ ।

त्यसकारण मेरो अनुरोध छ । हामीले संक्रमितलाई हेलाको नजर हैन प्रेम, हौसला प्रदान गरौं, शारीरिक सँग-सँगै मानसिक तवरले खुसी बनाउन समाजको ठुलो भूमिका खेलको हुन्छ । झन् महामारीमा त छिमेक, समाजको सबै भन्दा ठूलो हात हुन्छ । हाम्रो समाजमा सामाजिक, अमानवीय घटना हुन नदिन हरेकले कदम चलाउ । समाजमा देखिएको मनोदशालाई सोझ्याउने हाम्रो जिम्मामा छ। कु मनोदशालाई हाम्रो समाजबाट वर्जित गरौं र महामारीलाई हामी सबै मिली लड्ने काम गरौं एक आपस को हितकारी काम गरौं ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily