+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्रीको स्कर्टिङमा प्रयोग हुने गाडीले स्कुटरलाई ठक्कर दियो

4KNationalDaily
२०७७ भाद्र २, मंगलवार १४:१९ बजे

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’को स्कर्टिङको गाडीले स्कुटरलाई ठक्कर दिएको छ । मंगलबार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट अगाडि भद्रकालीबाट माइतीघर मण्डलातर्फ गइरहेको गाडीले स्कुटरलाई ठक्कर दिएको हो ।

बा १ झ ५५५४ नम्बरको गाडीले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोट घर भइ बालाजु बस्ने २२ वर्षीया लिला थापा र पछाडि सवार २६ वर्षीया सुदा थापा छन् ।

दुवैको अवस्था सामान्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले जनाएको छ ।

बाजुराका पहिरो पीडितका लागि राहत सामग्री लिएर जाने कार्यक्रम गृहमन्त्री थापाको थियो । त्यसका लागि प्रहरी प्रधान कार्यालय, नक्सालबाट अगुवा गाडी सिंहदरबार आएको थियो ।

त्यसक्रममा सिंहदरबारबाट गृहमन्त्रीलाई लिन मन्त्री निवास पुल्चोक जाँदा दुर्घटना भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily