+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल प्रहरीका दुई डिआइजीलाई कोरोना संक्रमण

4KNationalDaily
२०७७ भाद्र १, सोमबार ०७:५६ बजे

काठमाडौं- नेपाल प्रहरीका प्राविधिकतर्फका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा कोरोना संक्रमण पुष्टि भएको छ।

महाराजगन्जस्थित प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

गत बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएकामा दुवै डिआइजीमा शुक्रबार संक्रमण पुष्टि भएको थियो। हाल दुवै जनाको सोही अस्पतालमा नै उपचार भइरहेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारसम्म प्रधान कार्यालयभित्र मात्रै १ सय ५५ जनामा संक्रमण देखिएको छ भने प्रधान कार्यालयबाहेक काठमाडौं उपत्यकाका अन्य स्थानमा ३० जना प्रहरीहरूमा संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily