बि.स. २०५८ काे जनगणनामा गाेरखाकाे जनसंख्या २ लाख ८८ हजार थियाे । २०६८ काे गणनामा घटेर २ लाख ६७ हजार कायम रह्याे । राष्ट्रिय जनसंख्या वृद्धि दर १.३५% हुदा गाेरखा जिल्लाको जनसंख्या भने नकारात्मक दर कायम रह्याे ।
त्यस विच कुनै महामारी वा हात्सा पनि भएकाे हाेईन । थियो मात्र माओवादी विद्राेह । विद्रोहले केही नागरिककाे हत्या गर्याे । जनसंख्या कसरी घट्याे ? सहज उत्तर छ बसाइँ सराईका कारण । हुनेखाने काठमाडौं सरे । ठिक्कका नागरिक चितवन वा पाेखरा कतै सरे । बसाइँ सराई हुनुका केही कारण हुन्छन् ।
राम्रो अवसर, राेजगारी , शिक्षा दीक्षा , सुविधाकाे खाेजी आदी । यी त हुन् नै , यी वाहेक माओवादीका कारण विस्थापित हुन बाध्य नागरिक समेत शान्ति प्रकृया पछि पनि फर्किएनन् । अहिले फाट्टफुट्ट अचेतन राजनीतिका कारण बाहेक गाउँमा शान्ति छ भन्न त मिल्दैन तर गाउँ गाउँकाे सर्वेक्षण गर्ने हाे भने मानिसहरु पहिलाे दशक भन्दा याे दशकमा बसाइँ सराइकाे संख्या बढेकाे छ ।
यसका पछाडि सनातन बाहेक दुई थप कारण छन् ।
एक २०७२ सालकाे वार्पाक ईपिसेन्टर भई गएकाे बिनासकारी भूकम्प, जतिवेला हजारौं मानिसकाे मृत्यु र जिल्लाभरका घरहरु भत्किए, दाेस्राे छ वुढिगण्डकी परियाेजनाका कारण वितरण गरिएको मुअव्जा र तेस्राे कारण छ नवयुवाहरुले नयाँ व्यवसाय वा बिदेशबाट केही धन कमाएर काठमाडौं, चितवन वा अन्यत्र शहरमा वसाेवास शुरु गर्नु ।
जमिन छ; खेत छ, वारी छ तर मालिक छैनन् । अब ती मालिक फर्कने र घरखेत कमाउन थाल्ने सम्भावना त नहाेला । थप केही प्रभावकारी कार्यक्रम याेजना तथा सामाजिक भावनामा वृद्धि गरिएन भने बीस २०८८ काे जनगणना गर्दा गाेरखाकाे जनसंख्या १ लाख ६० हजारकाे हाराहारीमा कायम हुन सक्छ । यसका तिनै तहका सरकारले आँखा कान पुर्याएकाे देखिदैन ।
सामाजिक राजनीतिक नेतृत्व गर्छु भनेर निर्वाचित हुने प्राणीले हिजाेकाे बहुआयमिक मुल्यांकन गरेर भावि दिनकाे याेजना वनाउन सक्नु पर्छ । यहाँ लामाे विश्लेषणात्मक लेख लेख्न लागेकाे छैन ।
मलाई गाेरखा जिल्लामा रहेर केही काम गर्ने र त्यहाँका नागरिक कमसेकम अबका दिनमा थाकथलाे छाडेर अन्यत्र बसाइँ सर्न नपर्ने गरी बिकास र शान्तिपथलाई कसरी अगाडि बढाउन सकिएला भन्ने साेचाईले सताउने गरेकाे छ । त्यसका लागि गाेरखाली जनताकाे प्रतिवद्दता र सहि विवेक तथा न्यायपुर्ण व्यवहार भने आबश्य चाहिन्छ ।
पहिलाे कुरा हामी गाेरखाले आफ्नो पुर्खाकाे त्याग बलिदानलाई सम्झन सकेनौं । गाेरखाका राजा पृथ्वीनारायण शाहले यहाँका साना रजाैटाहरुलाई एक्लै विजय प्राप्त गरेका थिएनन् उनकाे दूरदर्शिता र काविल नेतृत्वको पछाडि हाम्रा पुर्खाहरुकाे विशाल याेगदान छ । यहाँका मगर, पण्डित, नकर्चि, मुस्लिम, क्षेत्रीय, कुँवर, गुरुङ घले, जैशी आदी सबैको याेगदान छ ।
गाेरखाकाे माटाे एकिकरणकाे नेतृत्व गरेकाे माटाेकाे हाे । याे देशकाे पुरानाे राजधानी याे जिल्ला । जम्मा २५० बर्ष पुरानाे देशकाे राजद्दानीमा वस्न छाडेर अन्यत्र बसाइँ सर्न पर्ने कारण किन पर्याे । हामीलाई थाहा भई हाल्याे । अब हामीले बाँकि नागरिकलाई याे पुर्खाकाे थलाे छाडेर जानु पर्ने बनाउने हाेईन यहि आधुनिक सुविधा कसरी पुर्याउने ? यहि सुन कसरी फलाउने ? नव युवाहरुलाई यहाँ नै कसरी जुटाउने ? याे बारेमा विशाल छलफलकाे जरुरत छ अहिले । घढ्दाे जनसंख्यालाई कसरी राेक्ने , भन्ने तिर हाम्राे ध्यान जानू जरुरी छ ।
आजकाे दिनमा तीन तहकाे सरकार छ । स्थानीय तहले प्रदेश र केन्द्रसंग गाेरखाकाे विशेष अधिकार मागाेस् । हामी याे देशकाे पुरानाे राजद्दानी हाैं । हामीले हाम्रा डाँडा डाँडाका पुरातत्वका महत्त्वका पुराना दरवार, मन्दिर , स्तुपा वचाउनु छ । हाम्रा नागरिकको सुविधाका लागि बाटाे, घाटाे सम्पुर्ण रुपले कालापत्रे गर्नुछ ।
हामीले खेतहरुमा खाेला र नदिमा आउने वाढि र पहिराेबाट बचाउन उच्च प्रविधियुक्त बाँधहरु बाँध्नु छ । उच्चस्तरीय खेति प्रणालीको विकास गर्नु छ । विश्वका विद्यालयमा हुने स्तरका पढाइ हुने विद्यालयहरु चलाउनु छ । स्तरीय कलेजहरु र विश्व विद्यालय खाेल्नुछ । हामीले स्तरीय सुविधा सम्पन्न अस्पतालहरु विकास गर्नुछ । याेजना हजार छन् । पर्यटन केन्द्रहरु वनाउनु छ ।
मागाैं अधिकार,
दिएनन् भने खाेसाैं किनकि हामी पुरानाे राजधानी हाैं । यहाँको प्रत्येक ढुँगाामा लेखिएको छ हाम्राे पुर्खाकाे गाैरव गाथा । विश्वमा नेपाल भनेर चिनिएकै गाेरखाली भए पछि हाे । हाम्राे पुर्खाकाे त्यागले आज काठमाडौं शहर देशकाे राजधानी छ । हामी हाम्रा नागरिकले पत्याउने समेत वन्न सकेनाैं । अर्काे कुरा पनि चाहिन्छ गाेरखालाई, पाेखरा गाेरखा जाेड्ने सुरङ मार्ग जसले गर्दा आधा घण्टामा प्रदेशकाे राजधानी पुग्न सकियाेस् ।
वन्दै गरेकाे पुर्व पश्चिम मध्ये पहाडी लाेकमार्गले एउटा उचाइ त थप्ने छ तर यसकाे स्तरीयतामा सम्झाैता नहाेस् भन्ने तिर सरकारलाई सचेत पार्दै गराैं । हामीलाई थाहा छ जिल्लालाई कसरी एउटा राजद्दानीमा हुने सबै सुविधा युक्त वनाउने, त्यती गर्न सकियाे भने मात्रै जनताहरु बसाइँसराई कम गर्लान्, पुरानाे राजधानीकाे शाख रहला ।
शान्तिपूर्ण सुविधायुक्त जीवन यस्ताे राम्रो हावापानी भएकाे ठाउँमा भयाे भने मानिसहरुकाे बसाइँसराइमा अबश्य कमि आउनेछ अन्यथा केही दशक पछि गाेरखा एउटा मिथक वन्न सक्ला । यसतिर हाम्रा नेतृत्वले दूरदृष्टि पुर्याउन सक्नु पर्छ ।
( लेखक : नेपाली काँग्रेस संघिय मामिला तथा प्रदेश समन्वय केन्द्रीय विभागकाे सदस्य तथा विकास रणनीतिका अध्येता हुन् । )
प्रतिक्रिया