दशक अघी उनी बरिष्ठ शल्यचिकित्सक थिए । आफ्नो ब्यक्तीत्वको चुचुरोमा रमाइरहेका उनी डाक्टरबाट मेडिकल कलेज संचालक बन्ने महत्वकांक्षी सपनालाई पछ्छाउन थाले । निरन्तर पछ्छाइरहेपछि सपना सधैंभर सपनामै कहाँ पो रोकिन्छ र !
अहिले उनी चितवन मेडकिल कलेजको संस्थापक अध्यक्ष हुन् । सिएमसीका भनेर परिचित यहाँ उपत्यकाबाहिर सबैभन्दा धेरै जनशक्ती रहेको अनि जटिल उपचार गर्ने अस्पतालका रुपमा पनि चिनिन्छ ।
अहिलेको यो महामारीमा निजी मेडकिल कलेजले खेलिरहेको भूमिका, सरकारको समन्नय अनि मेडिकल शिक्षामा देखिरहेका समस्याबारे चितवन मेडकिल कलेजका प्रा.डा हरिषचन्द्र न्योपानेसँग पालिका लाइभमा लागि सुदन अधिकारीले गरेकाे कुराकानीकाे संम्पादित अंश ।
आफ्नो क्षेत्रमा अब्बल सर्जन भनेर सर्बसाधरण अनि समकक्षीबीच परिचत तपाँइलाई कुन बिन्दुमा पुगेपछि अब मेडिकल कलेज खोल्नुपर्छ भन्ने लाग्यो?
मैले क्यान्सर असपतालमा चार बर्ष काम गरें । अनि एकेडेमिक तिर रुची भएकाले म यहीँ चितवनको पुरानो मेडिकल कलेजमा आबध्य भएं । बिदेशी स्वामित्वमा रहेको त्यहाँ चार बर्ष काम गरेपछि अनि त्यहाँको माहोल बुझेपछी किन बिदेशीलाई सधै आफ्नो सीप बेच्ने ? किन हामी आफैं नेपालीहरु मिलेर नयाँ सुरुवात नगर्ने भन्ने सोच मिलेपछि कलेज खोल्ने कार्य सुरु भएको हो ।
सँगै, त्यहाँ काम गर्दा गरिब, दुखी बिरामीलाई आफूले सहयोग गर्न चाहँदा पनि नपाएपछि आफ्नै केही गरौं भन्ने लागेको हो । हामीले सुरुवातमा सामुदायिक अस्पताल चलाउने भन्ने सोचमा थियौं । तर, निशुल्क सेवा दिएर दीर्घकालिनसम्म बाँच्न नसकिने देखेर हामी बीस जनाजति डाक्टर मिलेर मेडिकल कलेजको सुरुवात गरेका हौं ।
आफू एक्लै बन्नु र आफ्नो नेतृत्वमा अरु बिज्ञसँग मिलेर संस्थालाइ बनाउनुबीचका भिन्नता के हुनेरहेछन् ?
मेरो आफ्नो अनुभवमा चाहिँ के लाग्यो भने –हिजो म सर्जन हुँदा यहाँ चितवनका सबै मान्छेले मलाइ राम्रो मान्थे । सबैले हाइहाइ नै गर्थे । तर, कलेज खोल्नेबित्तिकै यहाँ रहेका मेडिकल कलेज, निजी अस्पताल अनि पचासबढी मेडिकल हलहरु सबै बिरोधी भए किनभने उनीहरुको भन्दा सुबिधासम्पन्न अस्पताल खोलेपछि त बिरामीहरु स्वत हाम्रोमा आउने भैहाले । अर्कोकुरा, यहाँका स्थानीय जसले जागीर खान चाहँदा पाएनन्, उनीहरुले मेरो बिरोध गर्नेनै भए । यसरी पहिला सर्जन हुँदाचाँहि सतप्रतिशत मलाइ राम्रो भन्ने थिए भने आजभोली ब्यवस्थापक भएपछि चाँहि मलाइ समर्थन र बिरोध गर्ने बाँडिएका छन् भन्ने लाग्छ । यो चाँहि मेरो अनुभबबाट सिकेको कुरा हो ।
संक्रमणकालमा रहेको तत्कालिन अबस्थामा मेडिकल कलेज खोल्न कत्तिको संर्घर्ष गर्नुपर्यो ?
संर्घर्ष त प्रत्यक दिन नै गर्नपर्छ । अहिलेपनि छ । तर ,हाम्रो सन्दर्भमा चाँहि अलि बढी भयो किनभने हामीचाँहि नेपालीको छोरा, गाँउबाट आएका । मेडिकल कलेज खोल्ने योजना सुनाउँदा हाम्रै कतिपय साथीहरु, गुरुहरु पत्याउँथेनन् । उनीहरुलाई सहमत गराउन गाहे भयो । अर्कोकुरा, मेडिकल शिक्षा नियमन गर्ने शिक्षा मन्त्रालय, मेडिकल काउन्सिल, बिश्वबिद्यालय सकरात्मक थिएनन् । मेरै सन्दर्भमा सुरुवातका चरणमा म बिहान चार बजे उठेर तीनवटा जति अप्रेसन गर्थें । अनि अफिस समयमा कलेजको काममा दौडन्थें ।
अनि, रातको समयमा फेरी बाँकी रहेका अप्रसनहरु गर्थें । यसरी एक्लै एउटा कालो झोला बोकेर प्रत्येक दिन संम्बधित निकाय पुग्दा अलि फरक किन थियो भने अरु मेडिकल कलेज खोल्दा सांसदकै डेलिगेशन जान्थो । अर्को कुरा, पेसा खर्च गर्नेपर्ने बाध्यता । आफ्नो बिशुद्ध मिहेनतबाट कमाएको पैसा बाँड्न नसक्दा हामीले सम्बंधन पाउन एक बर्ष ढिला भयौं । त्यो समय मेरो जीवनकै दुखत समय रहे भन्ने लाग्छ ।
आशयपत्र लिएदेखि संम्बधन लिने यो बर्षौंको प्रक्रियामा सबै चुप लाग्ने तर संम्बधन पाउने बेलामा जिम्मेवार निकाय, मिडिया सबै एकैचाटी बोल्ने प्रचलनलाइ कसरी हेर्नुभएको छ ?
मेरो सन्दर्भमा चाँहि सुरुमा कसैले पत्याएन । भारतीय लगानी, यहाँका चर्चित ब्यापारी अनि नेताहरुको लगानीमा मेडिकल कलेज खुलिरहेको सन्दर्भमा केहि डाक्टर मिलेर खोल्छन् भन्ने अपत्यारिलो नै थियो अबस्था । तर, हामीले जोखिम मोल्यौं । हाम्रो मिहिनेतलाइ भाग्यले पनि साथ दिएकै हो किनभने हामीजस्ता योग्यता भएका अरु कयौं मान्छे योजनामा सफल नभएका मैले देखेको छु । अनि, यो एकैचोटि बिरोध हुने सन्दर्भमा चाँहि के लाग्छ भने, सबैले फलेकै आँपमा ढुंगा हान्ने हो ।
हामीले चाँहि सुरुमै ठुलो अस्पताल बनायौं मुख्य ठाउँममै । सुरुकै दिनमा हामीले अठार वटा मेजर अप्रेसन गरेका थियौं । यस्तो देखेपछि आफ्नो अस्त्तित्वनै समात्त हुने डरले चितवनकै अर्को मेडिकल कलेजले आफ्नो सम्पूर्ण शक्ती लगायो हामीलाइ डुबाउनका लागि । तर, तुलनात्मक रुपमा हेर्ने हो भने हामीले हाम्रो मेडिकल कलेजलाई सुरुवातको दिनदेखिनै उत्कृष्ट बनाउने प्रयास गरेका हौं ।
अहिलेको यो महामारीमा निजी मेडिकल कलेज र सरकारबीच सहकार्य कति छ ? सरकारको अभिभावकत्व महसुस गनुभएको छ ?
सरकार आफैं के गर्ने भनेर अन्योल भइरहेको यो महामारीमा सरकारलाई गाली गर्ने भन्दापनी हामी सबै मिलेर आगामी योजना बनाउने हो । अहिले तपाँइसँग बोलिरहेकाे म भरे नै अस्पताल भर्ना हुनुपर्ने पनि अबस्था आउन सक्छ । अबस्था नै यस्तै छ । अनिश्चित क्या । तरपनि, यहाँ चितवनको सबैभन्दा ठूलो स्वास्थ संस्था भएको यथार्थलाई हामीले न्याय गरेका छौं । सरकारले भनेअनुसार ‘फिभर क्लिनिक’ चलाएका छौं । आइसोलेशन वार्ड चलाएका छौं । आइसियू सेवा दिइरहेका छौं । आजको दिनमा पनि हाम्रो अस्पतालमा करिब पाँचसय बिरामीहरु छन् । कोरोनाको शंकामा सरकारी स्वास्थ संस्थामै भर्ना नलिरहेको यो समयमा हामीले सबैखाले बिरामीलाई सेवा पुर्याएका छौं ।
पन्ध्रसय कर्मचारीलाई हामीले नियमित तलब दिइरहेका छौं । व्यक्तीगत सुरक्षा सामाग्री प्रदान गरेर अग्रणी मोर्चामा रहेका स्वास्थकर्मीलाइ प्रोत्साहित गरिरहेका छौ । यसरी एकहिसाबले चितवनकै अभिभावकत्व लिइरहेका हामीलाई सरकारले बिरामीका लागि केहि सहुलियत गर्दिए हुन्थो भन्ने त छ । तर, सरकारका पनि आफ्नै सीमाहरु छन् । अझ, निजी भनेपछि अरु सामान्य बेलामा समेत वास्ता नगर्ने सरकारले अहिले गरेन भनेर गुनासो पनि छैन ।
धरासायी बन्दै गएका सरकारी स्वास्थ संस्था अनि सर्वसाधरणको पहुँच बाहिर रहेको निजी अस्पतालको बीचमा मेडिकल कलेजले पूलको काम गर्दै आइरहेकाे यथार्थलाई हामीले नबुझेको कि तपाँइहरुले बुझाउन नसकेको ?
बिगत तीन चार बर्षदेखी चाँहि निजी मेडकिल कलेजबिरुद्ध एकोहोरो भइरहेका प्रचारले भूमिका खेलेको छ भन्ने लााग्छ । तर ,यहाँ आएर उपचार गर्नेहरु सन्तुष्ट छन् । हामीपनि राम्रो गर्दै गए एकदिन राम्रै प्रतिफल आउँछ भनेर हतोत्साहित भएको छेनौं ।
सरकारी सेवामा हुने न्यून कोटा अनि बिशेषज्ञलाई देशमा जोगाइ राख्ने कुनै योजना नभएको सन्दर्भमा यसको ग्यापचाँहि यहाँ संचालित मेडिकल कलेजले गरिरहेको अनि यहाँ हुने गरेका अनुसन्धानले देशको समग्र चिकित्सा क्षेत्रमै टेवा पुगिरहेको कुरामा सत्यता कति छ ?
अहिले निजी क्षेत्रले ७७ प्रतिशत स्वास्थसेवा प्रदान गरिरहेको छ । बाँकी २३ प्रतिशत सेवा पुर्याइरहेको सरकारी स्वास्थसेवामा अर्बौंको बजेट छ । नेपालमा संचालित १८ निजी मेडिकल कलेज र सरकारले चलाइरहेको चार मेडिकल कलेजको बजेट समान छ । यति भनेपछि यहि डाटा बोहिहाल्छ नि ।
मेडिकल शिक्षामा समस्या छन् भन्ने सबेलाइ थाहा छ । तपाँइलाइ के लाग्छ ? बुँदागत रुपमा भनिदिनु न ।
समस्या छन् । तर सबैलाई एउटै डालोमा राखिदिँदा समस्या अझ बल्झिन्छ । मानौं, एउटा औंलामा घाउ छ भने त्यहि औलाको उपचार गर्ने हो । अहिलेचाँहि औंलामा घाउ हुनेबित्तिकै हातै काटिदिने चलन बढ्यो । हामीले पहिलेदेखिनै पूर्वाधार पुगेका कलेजमा त्यहि अनुपातमा बिद्यार्थी दिँदा कम शूल्कमै पढाउन सक्छौं भनेका थियौं । अहिले उल्टो, बनिसकेका भवनहरु खाली बसेका छन् । बिद्यार्थी घटिरहेका छन्। यसको मार त अन्तमा बिद्यार्थी र बिरामीलाई नै पर्छ । भूकम्पदेखि अहिलेको यो महामारीसम्म आउँदा नेपालमा चिकित्सकको संख्या अझ धेरै चाहिने रहेछ भन्ने त सबैलाईलागेको होला ।
पत्रैपत्रमा रहेको मेडिकल शिक्षाको समस्याको एकशूत्रिय समाधान ‘मेडिकल माफिया जिन्दावाद’ भनेर होला ?
यसरी त सामाधान कसरी हुन्छ र ? समस्या समाधान गर्ने उपाय भनेको बिद्यार्थी र कलेज बीचको ग्याप कम गर्ने हो । म आफू पढेको आइओएमका कक्षाकोठादेखी लिएर खेल मैदानसम्मको अहिलेसम्मपनि भावनात्मक सम्बन्ध छ । तर, अहिले बिद्यार्थीहरु आफू पढिरहेका कक्षाकोठा तोडफोड देखि नाराबाजी सबै गर्न पछि पर्दैनन् । यहि ग्याप चाँहि कम गर्नुपर्यो क्या । केहि बर्षदेखि बनाइएका आयोगको एकमात्र काम भनेको बिद्यार्थीको संख्या घटाउनु मात्र भयो । मेडिकल कलेज खत्तम भन्ने एकमात्र सन्देश बाहिर गयो । तर, अहिलेको अबस्थाले सीट घटाउनु त उल्टो धातक रहेछ भन्ने देखायो नि । अब अझै दश बर्ष पछिको अबस्थालाई हेर्ने हो भने स्वदेशका कलेजमा सीट अझै कम हुने, पढ्न चाहने अधिकांश बिद्यार्थी बाहिरका कमसल कलेजमा जाने अबस्थामा बढावा हुनेहुँदा अबस्था चिन्ताजनक छ । हामी जिम्मेवार पक्षको केहि कुरै नसुन्ने सरकारी रबैयाले यो अबस्थालाई अझ जटिल बनाउँछ । यहाँ कस्तो भो भने, चन्दा दिन सके गज्जब । नदिएपछि चाँहि माफिया। भक्खर भर्ना भएका कलिला बिद्यार्थीलाइ उक्साएर आफ्नो स्वार्थ पूरा गराउने परिपाटीले यो अबस्था आएको हो ।
माफिया भन्ने शब्द सुन्दा कस्तो लाग्छ ?
राजनीति गर्नेहरु धेरैे भएपछि यस्ता शब्द आउँछन् । सार्वजानिक फोरममा खोल्न नहुने केहि कुराहरु छन् । तर भन्नैपर्छ, यहाँका जिममेवार निकायहरु सबै राजनीतिक खेल खेल्न सिपालु छन् । बाहिरचाँहि हामीलाइ देखाइन्छ ।
देश आफैं समस्याले घेरिएको, शिक्षाका अरु शंकायहरुको दुरावस्था रहेको अनि सरकारी संयन्त्रको हबिगत देखँरहँदा के मेडिकल शिक्षामात्र अछुतो बन्नसक्छ ?
नेपालको मेडिकल शिक्षा अरु शंकायभन्दा बलियो रहेको कुरामा म ठोकुवा गर्नसक्छु । तर, मेडिकल शिक्षाका बेथेती सुधार्ने खेलमा खडबड भयो । मैले ब्यक्तिगत हिसाबले चिनेकाले पनि ठोकुवासाथ भन्छु, डाक्टर गाेविन्द्र केसीका योजना असल थिए । मनसाय खराब थिएन । उनले भनेका कुराहरु भएको भए हामी संचालकलाइ नै राम्रो हुन्थो किनभने यहाँभित्र पारदर्शिता हुन्थो । नियमन हुन्थो । तर, फोहोर पानीमा माछा मार्न पल्केकाहरुले आफू अनुकुलका मागलाई च्यापेर अहिलेको यो अबस्था सिर्जना गरे । बास्तबिक समस्याभन्दा धेरै अफवहा फैलिए । त्यसैले यता सबैको आँखा गएको हो ।
अब मेडकिल शिक्षा कसरी अघि बढ्ला ?
म आफैं मेडिकल कलेज एसोसियनमा हुँदा डाक्टर केसीलाइ भेटेर पर्याप्त छलफल गरौं । शतप्रतिशत सहमती निस्कन्छ भनेर भनेको हुँ । एउटा कार्यदल बनाउने सहमती अन्तीम अबस्थामा रोकिएको थियो बिभिन्न स्वार्थ समूहले गर्दा । अहिले चिकित्सा आयोग बनिसकेकाले अब समस्याहरु आउँदैनन् । यो हामी संचालक र बिद्यार्थी दुबैको लागि राम्रो हो । नियमन होस् भन्ने मात्र मेरो एकमात्र उदेश्य भएकाले म त अझै खुसी छु । कलेज स्थापनाताका आवश्यक पूर्वधार बनाएर निश्चीत सीट पाएका हामीलाइ अहिले मनलाग्दी सीट काटीदिँदा अत्याधिक आर्थिक भार परिरहेको अनि बनाइएका पूर्वधार खेर गइरहेकाले अलि बैज्ञानीक तरिकाले छलफल होस् भन्नेमात्र हाम्रो कुरा हो ।
संसार बदल्छु भनेर रक्तपात मच्चाउनेहरु अहिले सत्तामा पुगेपछि निर्लज्जताको हद प्रदशन गरिरहँदा पनि अन्तत उनीहरु के वाहीवाही हुने तर देशमै आफ्नो ज्ञान प्रयोग गरेर केहि गछु भन्नेलाई सधैं शंकाको सुबिधाले हेर्ने किन होला ?
धैर्यता सहन सक्ने अनि निरन्तर कर्म गरिरहेपछि फल अवश्य प्रात्त हुन्छ भन्ने सोचले मलाई त्यति बिचलित गराउँदैन । यो चक्र हाम्रोजस्तो समाजको नियमित प्रक्रिया हो । नत्र भने, सबैले वाहीवाही कमाइरहेको क्यारिअरको उत्कर्शमा जमिरहेको म यता सायदै आउँथे होला ।
प्रतिक्रिया