+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउन नगर्ने तर स्वास्थ्य सुरक्षाका मापदण्ड थप प्रभावकारी बनाउने सरकारको निर्णय

4KNationalDaily
२०७७ श्रावण २७, मंगलवार ०८:२८ बजे

काठमाडौं– सरकारले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका लागि हाल चालिएका कदमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।

लकडाउनको चर्चा चलेपनि त्यस विषयमा कुनै पनि निर्णय नभएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका एक मन्त्रीले बताए।

‘कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि हालसम्म चालिएका कदमहरूको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने, ‘लकडाउनको विषयमा मन्त्रिपरिषद्‍मा कुनै प्रस्ताव पनि थिएन र लकडाउन गर्ने निर्णय पनि भएको छैन।’

कोरोना भाइरस संक्रमण बढेको भन्दै सरकारले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily