+
Search

ताजा अपडेट +

पपुलर +

कबिता : गन्तव्य

4KNationalDaily
२०७७ श्रावण २६, सोमबार ०८:१२ बजे

मनभित्र थुप्रै प्रश्न-खुल्दुली आउँदैछ
समाजको लागि केही गर्न खोज्दा
समाजले नै किन रोक्दैछ ।

यहाँ कति घटनाहरु भइरहेछ रहस्य
थाहा छैन भोलि कहाँ पुग्ने हो आफ्नै भबिस्य

साथीभाइले आफ्नो गन्तव्य बिदेशको बाटो रोजे
सुखसयल, मोजमस्ती सायद त्यतै देखे
म यतै मातृभुमिको ब्याज तिर खोज्दैछु
यहि माटाेमै कयौं पुस्ता देख्दैछु ।

बिदेशिएका साथीभाइलाइ सुन्दा
यो मन बैचन हुन्छ
धनी हैन साथी
असल ब्याक्ती बने पुग्दछ ।

तर,

प्रश्न अनुत्तरित छ !
किन भैरहेछ यहाँ
सबै कुरा यता न उता
जिन्दगीको गन्तव्य नै
माछा-माछा ब्यागुता

गन्तव्यको गोरेटोले
किन घरीघरी छलिरहेछ
त्येइ गन्तव्यको गोरेटोमा
पुग्ने आशमा जिन्दगी गलिरहेछ ।

सोच्छु,
सबै देशको गन्तव्य किन उस्तै भएन
जनताको मर्म बुझ्ने नेतृत्व किन पाएन

देशको गन्तव्य अनिश्चित हुँदा
मेरो गन्तव्यले गोरेटो कसरी भेट्टाउछ
देश ओरालो झर्दैगर्दा
मेरो सपनाले उकालो कहाँ चढ्न पाँउछ!

कसैले भनिदिन्छ मलाइ,
देशले गन्तव्य नभेटिकन
मैले मेरो गन्तव्य कसरी भेट्नु
देशनै बर्तामानमा अल्झिरहेको देख्दादेख्दै
म मेरो सुन्दर भबिस्यको गन्तव्य कसरी चढ्नु !

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily