+
Search

ताजा अपडेट +

पपुलर +

चीन र नेपालबीच दिदीबहिनी र दाजुभाइको जस्तो सम्बन्ध छ : राजदूत यान्छी

4KNationalDaily
२०७७ श्रावण २२, बिहीबार २०:४२ बजे

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचको सम्बन्ध दिदीबहिनी र दाजुभाइको जस्तो भएको उल्लेख गरेकी छन्।

बिहीबार एक ट्विट गर्दै राजदूत यान्छीले नेपाल र चीनबीचको सम्बन्ध छिमेकी र मित्रवत् मात्र भएर दिदीबहिनी र दाजुभाइको जस्तो भएको बताएकी हुन्।

https://twitter.com/PRCAmbNepal/status/1291377728873144320

नेपालमा चीनले प्रदान गरेको सहयोगका तस्बिर राख्दै उनले उस्तो ट्विट गरेकी हुन्। उनले भूकम्प, बाढीपहिरो, इन्धन अभाव र कोरोना भाइरसको महामारीसँग लड्नका लागि चीनले नेपाललाई सहयोग गरेको स्मरण गरेकी छन्।

नेपालका हरसंकटमा चीनले सहयोग गरेको उनको भनाइ छ। कोरोना भाइरसविरुद्धको लडाइँमा पनि नेपाल र चीनबीचको मित्रताको परीक्षण भएको समेत उल्लेख गरेकी छन्।

‘चीन र नेपालबीच छिमेकी र मैत्रीपूर्ण सम्बन्ध मात्र छैन, दिदीबहिनी र दाजुभाइको जस्तो सम्बन्ध छ। भूकम्प, बाढीपहिरो, इन्धन संकट र कोरोनाको महामारी नै किन नहोस्, हामी सँधै दुःख बाँढ्छौं। यसपटक हामीबीचको मित्रता नकाप्ने गरी परीक्षण भएको छ,’ उनले ट्विटमा लेखेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily