+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा, कुन कुन ठाउँ र कहिलेसम्म?

4KNationalDaily
२०७७ श्रावण २१, बुधबार १६:२८ बजे

काठमाडौं– पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेसँगै विभिन्न १४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना जोखिम न्यूनिकरणको लागि सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कतिपय जिल्लामा भने अर्को सूचना नआएसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । भने कतिपय जिल्लामा भने समयावधि तोकिएको छ ।

सप्तरी जिल्लाभरि साउन २० गतेबाट जिल्लाभरी निषेधाज्ञा जारी गरि २६ गते खुलाइने जनाइएको छ । त्यस्तै धनुषामा भने जनकपुर उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा साउन १९ गते सोमवारबाट निषेधाज्ञा जारी गरि साउन २५ गते अन्त्य गरिने भएको छ ।

त्यस्तै नुवाकोटमा साउन ११ गतेबाट जारी भइ अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

नुवाकोटको पूर्वमा बोहोरे भञ्ज्याङदेखि पश्चिममा नयाँ चौतारासम्म र उत्तरमा बागेश्वरी भञ्ज्याङदेखि दक्षिणमा पोखरी डाँडा, हिलेटोलसम्म निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily