+
Search

ताजा अपडेट +

पपुलर +

‘बलात्कार आराेप’मा पालुङटारका वडाअध्यक्ष रानाभाट पक्राउ

4KNationalDaily
२०७७ श्रावण १९, सोमबार २०:२० बजे

गाेरखा-  प्रहरीले बलात्कार आराेपमा पालुङटार नगरपालिका वडा न ४ का वडाअध्यक्ष  ठाकुरकान्त रानाभाटलाई पक्राउ गरेकाे छ। १४ बर्षीय बालिकालाई बलात्कार गरेकाे आराेपमा उजुरी परेपछि वडाअध्यक्ष रानाभाटलाई प्रहरीले साेमबार साँझ पक्राउ गरेकाे हाे ।

पीडित बालिका र आमाले दिएकाे उजुरीका आधारमा वडाअध्यक्ष रानाभाटलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरूङले बताए ।

‘घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ’ उनले भने ‘केहि कानूनी प्रकृया बाँकी रहेकाले अहिले नै केहि बाेल्न सकिंन्न ।’

वडाअध्यक्ष रानाभाट तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका हुन् । उनी केहि समयअघि ‘बजेट निकाल्न ‘किर्ते हस्ताक्षर’ गरेकाे आराेप लागेकाे थियाे ।

अनुसन्धानमा सघाउन पार्टीको जिम्मेवारीबाट निलम्वन

उता जसपा पालुङटार नगरपालिका इकाईले भने अनुसन्धानमा सघाउन पार्टीको जिम्मेवारीबाट निलम्वन गरेकाे छ ।

का.वा अध्यक्ष देवीमाया गिरिद्वारा हस्ताक्षर गरिएकाे प्रेस व्यक्तव्यमा भनिएकाे छ- ‘प्रस्तृत बिषयमा पालुङटार नगरपालिका वडा न ४ का वडाअध्यक्ष तथा जनता समाजवादी पार्टीका सदस्य ठाकुरकान्त रानाभाट अनुसन्धानकाे क्रममा हिरासतमा रहनु भएकाले अनुसन्धान प्रकृयालाई सहज बनाउन तत्कालका लागि पार्टिकाे सम्पूर्ण जिम्मेवारीबाट निलम्वन गरिएकाे कुरा सम्पूर्ण पार्टी पंति तथा शुभचिन्तकहरू समझ जानकारी गरिन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily