+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा १ महिनामै घटे ९ लाख मोबाइल प्रयोगकर्ता

4KNationalDaily
२०७७ श्रावण १८, आईतवार ०८:५५ बजे

काठमाडौं- जनसङ्ख्या भएको मुलुकमा ४ करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो ।

सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा मान्न थालेपछि पछिल्लो एक वर्षयता मासिक तीन लाखभन्दा बढी सिमकार्ड वितरण हुन थालेकाे खबर आजको गोरखापत्र दैनिकमा छ ।

तर सिमकार्ड बिक्रीमा दिनानुदिन बढ्दो ग्राफ यतिबेला भने तल झर्न थालेको छ । आश्चर्य त के छ भने दूरसञ्चार सेवा प्रदायकको यसअघि मासिक ग्राहक बढ्ने दरभन्दा घट्ने दर दोब्बरभन्दा बढी छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार पुसपछि जीएसएम ग्राहकको कुल सङ्ख्यामा व्यापक गिरावट आउन थालेको हो ।

पुसमा जीएसएम ग्राहकको सङ्ख्या अहिलेसम्मकै बढी अर्थात् ४ करोड ५ लाख ९२ हजार पुगेपछि माघमा एकैपटक करिब १६ लाखले घटेर ३ करोड ९१ लाख १३ हजार पुग्यो । त्यतिबेला ग्राहक गुमाउने सरकारी लगानीको नेपाल टेलिकम मात्रै थियो ।

माघपछि एकैपटक करिब २८ लाखले जीएसएम ग्राहक घटेर फागुनमा कुल सङ्ख्या तीन करोड ६३ लाख पुग्यो । कुनै एउटा महिनामा दूरसञ्चार सेवा प्रदायकले गुमाएको अहिलेसम्मकै धेरै सङ्ख्यासमेत थियो त्यो । त्यतिबेला पनि ग्राहक गुमाउने नेपाल टेलिकम मात्रै थियो ।

प्रतिस्पर्धी एनसेल र स्मार्ट टेलिकमको ग्राहक सङ्ख्या बिस्तारै उकालो लाग्ने क्रममै थियो । चैतसम्म पुग्दा ठूलो सङ्ख्यामा ग्राहक गुमाउने प्रवृत्तिमा बे्रक लागेर ३ करोड ६२ लाख कायम भयो ।

त्यतिबेला ग्राहक गुमाउनेमा एनसेल मात्र थियो । एनसेलले करिब एक लाख ग्राहक गुमाएको थियो । टेलिकमले भने सामान्य भए पनि आफ्नो ग्राहक आधार बढायो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily