काठमाडौं– बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नवनियुक्त एआइजीहरू निरज शाही र प्रद्युम्न कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
सो अवसरमा आफूले पाएको जिम्मेवारी इन्दारीपूर्वक निर्वाह गर्न सुझाव दिँदै गृहमन्त्री थापाले भने‚ ‘राष्ट्र र राज्यले विश्वास गरेर तपाईंहरुलाई यो जिम्मेवारी दिएको छ, आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक, दृढतापूर्वक र सृजनात्मक ढंगले निर्वाह गर्नुहाेला। टिमवर्कमा विशेष ध्यान दिनुहाेला। शान्ति, सुरक्षा,अमनचयन कायम गर्न तपाईंहरुकाे भूमिका महत्त्वपूर्ण हुने विश्वास लिएकाे छु।’
उनले भने‚ ‘बुधबारमात्रै समायोजन र ओएनएमका सम्बन्धमा प्रधानमन्त्रीकाे उपस्थितिमा म, प्रदेशका आन्तरिक मामिलामन्त्रीसहितको बैठक बस्याैं। बैठकले माेटामाेटी सबै विषयको टुंगो लगाएकाे छ। अब छिट्टै समायोजन काम सुरु हुन्छ। संघीय संरचना अनुरुप प्रहरीले काम गर्छ।’
प्रतिक्रिया