+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड-बाबुराम मिल्नुको बिकल्प छैन

4KNationalDaily
२०७७ श्रावण ११, आईतवार ०१:३५ बजे

नेपालमा पछिल्लो समय देखिएको राजनैतिक घटनाक्रमले एउटा विषम परिस्थिति सृजना गरेको छ ।

यद्यपि यो पहिलो घटना भने होइन ।

तर देशले यतिखेर कोरोना र बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपबाट उन्मुक्ति खोजिरहेको बेला देशको शक्तिशाली शक्ति जसलाई सरकार संचालनमा झण्डै दुई तिहाई मत दिएका दुई पाइलट सहितको नेकपाको विवादले झन समस्यामा पारेको देखिन्छ ।

प्रचण्ड-केपीको सत्तामोह या कुर्सी मोहले भनौ या स्वार्थ दम्भ अहंकारले जनतालाई गुम्राहमा राखेका छन् ।

यतिखेर गणतन्त्र धर्म निरपेक्ष समाबेशी संघीयताका सुत्रपातहरु सत्ता बाहिर छन (प्रचण्ड बाहेक) भने संविधानसभाबाट संविधान : संघीयता समाबेशीता आउनु भनेको ‘बयलगाढा चडेर अमेरिका पुग्नु’ हो भन्ने सत्ताको मुक साचो बोकेर अहमता देखाइरहेका छ्न ।

सामान्य जनताले नजरअन्दाज लगाउन सकिने ओलिबाट कस्तो परिणाम आउला ? मकै बारीमा बादरलाई गोठाला राखेको जस्तो भएको बिश्लेषकहरु बताउछ्न ।

अर्को तर्फ आफ्नो स्वार्थ र पदको लागि जस्तो सुकै झुट बोल्न माहिर, जस्तोसुकै त्याग गर्न सक्ने जनयुद्धका सुप्रीमो प्रचण्ड केपिसंगको सहकार्यले निल्नु न ओकेल्नुको अवस्था छ्न् ।

३० बर्ष सङ्गै हिडेका सहयात्री भदा ३० दिन चोचोमोचो मिलाएका साथीलाई आत्मिय देखेर केही क्षणिक स्वार्थ प्राप्त गरेका प्रचण्ड यतिखेर पार्टीमा बहुमत नेताको साथ रहदा पनि ओलि का सामु खरो उत्रन सकेका छैनन । जनयुद्ध मा सिंह जस्तै गर्जने प्रचण्ड अहिले बिरालो को आवाज निकाल्न सकेका छैनन ।

सधै बाबुराम को कार्यदिशामा हिडेर सफल भएका प्रचण्ड यतिखेर घर न घाटको भएको जानकारहरु बताउछ्न ।

न आफू सङ्ग स्पष्ट कार्यदिशा नत अरुको बाटोमा हिड्न सकिन्छ यहि बेला प्रचण्डले बाबुराम सम्झेर प्रायोचित गरिरहेका होलान या बाबुरामको यादमा बाडुल्की लागेर पानी पिउदै होलान ।

सधै विधि र पद्धति खातिर बाबुरामलाई खाल्डोमा पुर्न समेत पछि नहट्ने प्रचण्ड, बाबुरामलाई खनेको खाल्डोमा आफै पर्ने महशुस गर्न थालेका छ्न ।

जनयुद्धका वहुमत योद्धाहरु या माओवादी आन्दोलनका पारखीहरु प्रचण्ड बाबुराम किरण बिप्लब एकाकार भएको देख्न चाहन्छ्न ।

ती मध्ये पनि बाबुराम-प्रचण्ड मिले देशले निकाश पाउने बिश्वास राख्दछन । तर यो सहज भने छैन ।  किनकी प्रचण्ड हिडेको बाटो गलत छ भन्ने निचोडका साथ बाबुराम अर्को बाटो हिडिसकेको पनि बर्षौ दिन भएसक्यो भने यता स्पष्ट भिजन इमान्दारीता, लगनशील भएको बाबुराम हिडेको बाटो पनि पार्टी संगठन गतिलो नहुदा आफू एक्लिएको महशुश गर्न थालेका छ्न ।

के यी दुई आफ्ना सम्पूर्ण स्वार्थ, मोह बिगतका तिता-मिठा अनुभवलाई आत्मालोचित हुन तयार छन त?

दुबै पक्षका नेता कार्यकर्ताले पहल लिए संभव होला त? बाबुराम लाई सझै टेढो आखाले हेर्ने प्रचण्डक्क हेराई सोझो होला त?

के प्रचण्ड आफ्ना सम्पुर्ण झुट हरुलाई तिलान्जली दिन तयार होलान त ?

के बाबुराम प्रचण्ड पारिवारिक स्वार्थ भन्दा माथी उठ्लान त?

के बाबुराम-प्रचण्ड अभिभावक भनेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न राजी होलान त?

अनवरत रुपमा अध्यक्षको कुर्सीमा टासिएको प्रचण्डको कोट फुत्किएला त?

के बाबुराम-प्रचण्ड मिलेर देशले निकास पाउलान त?

जनयुद्द जन आन्दोलान मा मृत्यु भएका घाईते भएका हरु को सपना पूरा गर्लान त? के सेनासमायिजन लगाएत का सम्पुर्ण हिसाबकिताब तुस्तदुरुस्त देखाउलान त ?

यस्ता अनुत्तरित प्रश्न को उत्तर आउलान त?

यदि हो भने बाबुराम प्रचण्ड मिल्नुको बिकल्प छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily