गाेरखा- ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गोरखाको आमा-बा अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएकाे छ ।
आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सुबिधा पु¥याउने लक्ष्यसहित सो सम्झौता गरेको हो ।
सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने भनिएको छ।
सो कार्ड बाहक सदस्यहरुले आमा-बा अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवाशुल्कमा अधिकतम १००% सम्म विशेष छुटप्राप्त गर्ने छन् ।
सो सम्झौताले कम्पनीसंग आबद्ध सम्पँर्ण महानुभावहरु लाभान्वित हुने विश्वास लिइएको छ ।
सो सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्री र अस्पतालका संचालक डा सन्दिप बाबु गोर्खालीद्वारा हस्ताक्षर गरिएको छ ।
प्रतिक्रिया