+
Search

ताजा अपडेट +

पपुलर +

सुनिल थापालाई खुलापत्र : ४ हाेइन् १ नम्बर छोरो बन्ने प्रेरणा मिलोस्

4KNationalDaily
२०७७ श्रावण १०, शनिबार १९:५४ बजे

२०४७ सालमा बहुदल आएपछि बहुदलको नाममा कम्युनिष्ट र कांग्रेश स्वभाविक रुपमा राजनितिक पार्टीको प्रमुख शक्तिमा स्थापित भए ।

कांग्रेश र कम्युनिष्टले अन्य राजनितिक दल वा संघ संगठनहरु खोल्न र निर्माण गर्न राजनितिक, नैतिक, भौतिक रुपमा समेत हस्तक्षेप गरिराखेको अबस्था थियो ।

त्यसै समय निकै संघर्षपुर्ण र बिवेक पुर्ण ढंगवाट कांग्रेश र कम्युनिष्टको अप्रजातान्त्रिक कार्यशैलिलाई काउन्टर दिन कै लागि ।

तत्कालिन नेता सुर्यवहादुर थापा, लोकेन्द्रवहादुर चन्द, राजेश्वर देवकोटालगाएत नेताहरुले भिन्न धरातलमा उभिएको भिन्न राजनितिक संस्कार र सिद्दान्तको परिकल्पना गरि राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना गरे । समय सन्दर्भ फेरिदै गयो पार्टिले टुट/ फुट र जुटको समस्या झेल्दै आयो ।

विभिन्न निर्वाचनहरुमा सहभागी हुँदै पार्टीको अस्तित्व बचाउँदै आयो । ६२/६३ को राजनितिक परिबर्तनसम्म आईपुग्दासम्म राप्रपा ०४७ सालकै संबिधानको दायरामा रहेर राजनितिक गतिबिधिमा सक्रिय बन्यो ।

जब ६२/६३ सालको परिबर्तन पछि राप्रपा फरक राजनितिक सिद्दान्त सहित पुन टुक्रिन बाध्य भयो । एक कित्ता ६२/६३ ले ल्याएको गणतन्त्र/धर्मनिरपेक्षता/ संघियताको बुरुद्दमा उभियो भने, अर्को कित्ता कथित परिवर्तन वा अन्य केही? भन्नेमा प्रष्ट हुन सकेन ।

पार्टि एकीकरणसंगै वैचारिक एकता गराउन देशभरका कार्यकर्ताको दवावका बिच ०७३ सालमा पार्टि पुन एकीकरण भयो । हिन्दु राष्ट्र , संबैधानिक, राजसंस्था र स्थानिय स्वायत्त शासनमा टुक्रिएका राप्रपा विच बैचारिक एकता भई पार्टीको सबै दस्तावेज तयार गरि एकीकरण सम्पन्न भयो।

संस्थापक नेता स्वगिय सुर्य ब. थापाका छोरा २५औं बर्ष संयुक्त राष्ट्रसंघको जागिर खाएर रिटायर्ड भएका हुन्। जो ०६९ सालदेखि राप्रपामा सक्रिय कान्छो सदस्य एकिकृत पार्टिको महामन्त्रीमा नियुक्त भए । (प्रजातान्त्रिक बिधिमा कोहि कसैले योगदान बिना यति उच्च पद धारण कसरी गर्यो होला ?) ।

यसको कारण जुन संघर्षबाट स्व थापाले राप्रपा गठन गर्नु भयो । उहाँको देहवसान पछि उहाँको सम्मानमा राप्रपाले सुनिल थापालाई राष्ट्रिय राजनितिमा ल्याउन एउटा अप्रजातान्त्रिक निर्णय नियुक्त गरेको थियो ।

आज उनै सुनिल थापा राप्रपाको आदर्श/बिचारको बिपरित वकालत गरेर पार्टि परित्याग गरेकाछन् । पार्टी परित्याग मात्र गरेनन् उनी राप्रपाको ठ्याक्कै बिपरित बिचार बोक्ने राजनितिक पार्टिको शरणमा पुगेका छन् ।

मलाई लाग्छ यतिवेला पार्टीको बिचार र सिद्दान्तसंग र पार्टि संस्थापक नेताहरुसंग जति गर्व गर्छौ उनले त आफ्नै बाबुको योगदान र आदर्शमा पनि गर्व गर्न सकेनन् ।

छोराको बारेमा एउटा खिस्सा छ-

छोरा ४ प्रकारका हुन्छन्

‘बाबुको भन्दा माथिल्लो एक तह माथि पुग्ने छोरा १ नम्बर । बाबुको थामेर खाने २ नम्बर । बाबुको बेचेर खाने ३ नम्बर । बाबुको बेचेर नि खान नसक्ने बाबुको नाम र सम्पती अरुलाइ छोडेर उनीहरुको पछि ताली पिट्ने छोरा चौथो नम्बर । ।’

त्यस्तै भएको छ सुनील, सुर्यबहादुर बन्न त सकेन्,सुर्यबहादुरको बिचार बोक्न पनि सकेनन्, उनले बाबुको बिचार र आदर्श बेचिदिए र आज पराईको पिँडिमा बास खोज्न पुगेकाछन्।

यति भनिराख्दा लाग्न सक्छ सुनिलको बहिर्गमनले पार्टीका कार्यकर्ता हतोत्साहि भएका रहेछन् !

कुरा अर्कै हो राप्रपा नेपाल हुँदै आज ०७७ सम्म आईपुग्दा पुन एकीकृत राप्रपाले बोकेका बिचार सिद्दान्त र आदर्स पार्टीगत मात्र नभई यो राष्ट्रिय आन्दोलनको स्वरुप हो ।

जब बिचार स्खलित मान्छे जिम्मेवार भएर पद धारण गरिरहन्छन्, आन्दोलन असफल बन्छ । बिचार बिहिन मान्छे र गुटको राजनिति आन्दोलनबाट बाहिरिनुले, आन्दोलन शसक्त हुने विश्वाु लिनु पर्छ ।

हामी अब हिन्दुराष्ट्र, संबैधानिक राजसंस्था र भ्रष्टाचार मुक्त स्थानिय स्वायत्त शासन स्थापित गर्न सिद्दान्तका साझेदार सबैलाई संगठित गर्दै निर्णायक आन्दोलनमा पुग्न बाटो सफा भएको छ ।

देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गर्न चाहन्छु, हाम्रो बिचार र सिद्दान्त बिपरित स्थानीय तहसम्म कोहि मान्छे बाँकि छ भने कार्वाहि गरेर सैदान्तिकरुपमा राप्रपा सुद्दिकरण गर्ने अबसर यहि हो । आन्दोलन बरु एकजनाबाट सुरु हुन सक्छ तर सैदान्तिक रुपमा उ एक्किएर प्रतिबद्द होस्।

पार्टी छाडेका सुनिल बिरुद्व उनकै बाबुको बिरासत राप्रपाका कार्यकर्ता सडकमा आँधिबेहरि बोकेर निस्कनु पर्छ ईख राखेर काम गरौं । सुनिल थापालाइ सफल राजनितिक जिवनको शुभकामना ब्यक्त गर्न चाहन्छु।

४ नंबर हैन १ नंबर छोरो बन्ने प्रेरणा भगवानले सुनिल थापालाई प्रदान गरून् ।

लेखक ढकाल राप्रपा गण्डकी प्रदेश सदस्य हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily