+
Search

ताजा अपडेट +

पपुलर +

सशस्त्र प्रहरीमाथि भारतीय तस्करको आक्रमण किन बढ्दै छ?

4KNationalDaily
२०७७ श्रावण ८, बिहीबार ०८:२७ बजे

काठमाडौं- कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ।

सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको आवतजावत तथा तस्करी रोकिएपछि भारतीय नागरिक तथा तस्कर समूहद्वारा नेपाली पक्षमाथि विभिन्न बहानामा पटक पटक आक्रमण प्रयास गरिएको हो।

गत आइतबार मात्रै झापाको सीमावर्ती क्षेत्र गौरीगन्जमा भारतीय तस्करको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

गौरीगन्ज गाउँपालिका–५ मा रहेको १५२ नम्बरको सीमास्तम्भ पूर्व मल्हाटोलनजिकै सिमानामा आवतजावतको विषयलाई लिएर सुरक्षाकर्मीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरीले तस्करलाई भगाउन चार राउन्ड हवाई फायर गरेको थियो।

त्यसको अघिल्लो दिन (शनिबार) सोही स्थानमै सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास भएको थियो । सशस्त्र प्रहरीका उपरीक्षक रेशमकुमार थक्सुका अनुसार सो क्रममा भारतीय तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी जवान घाइते भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily