+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना भाइरस हावाबाट फैलन सक्ने वैज्ञानिकहरुको दाबी, डब्लुएचओ भन्छ–कुनै स्पष्ट प्रमाण छैन

4KNationalDaily
२०७७ असार २२, सोमबार ०८:५८ बजे

एजेन्सी– विश्वका ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले हावामा फैलने कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाउन सक्ने भन्दै यससँग सम्बन्धित आफ्ना निर्देशनलाई संशोधन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आग्रह गरेका छन्।

न्यूयोर्क टाइम्सलाई उद्दृत गर्दै बिबिसीले जनाएअनुसार अनुसन्धानकर्ताहरुले डब्लुएचओलाई खुलापत्र लेख्दै यो आग्रह गरेका हुन्।

पत्रलाई आगामी साता साइन्स जर्नलमा प्रकाशित गर्ने योजना उनीहरुले बनाएका छन्। वैज्ञानिकहरुले आफ्नो दाबीलाई प्रमाणित गर्ने प्रमाण पनि प्रस्तुत गर्ने बताएका छन्।

डब्लुएचओका अनुसार कोरोना भाइरस मुख्य रुपमा हाँछ्यु गर्दा या बोल्दा मुखबाट निस्कने स–साना ड्रपलेटबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

तर वैज्ञानिकहरुले हाँछ्यु गरेपछि निस्कने ड्रपलेट हावामा जति टाढासम्म जान सक्छ, तिनमा भएका भाइरसले मानिसलाई संक्रमित बनाउनसक्ने दाबी गरेका छन्।

यद्यपि डब्लुएचओले अनुसन्धानकर्ताहरुले दिएका प्रमाण यथेष्ट नभएको बताएको छ। डब्लुएचओका डा बेनेडेटा अलेंग्रान्जीले कोरोना भाइरस हावाबाट सर्न सक्छ भन्नेबारेमा कुनै ठोस या स्पष्ट प्रमाण नभएको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily