+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि बारपाक सुलीकोट गाउँपालिका पाँचदिन बन्द

4KNationalDaily
२०७७ असार १७, बुधबार ०९:२७ बजे

गाेरखा- बारपाकका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढ्न नदिन पाँचदिनसम्म गाउँपालिकाका कार्यालयहरु बन्द गरिएको छ ।

गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरी स्वास्थ्य संस्थाहरुबाहेक सबै कार्यालयहरु पाँचदिनसम्मका लागि विदा गरेको जनाएको छ ।

सूर्यज्योति मावि क्वारेण्टाइनमा रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि सोही क्वारेण्टाइनमा रहेको एकजना र पालिकाको स्वास्थ्य शाखाका अर्का एकजनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

उनीहरुको सम्पर्कमा रहेकाहरुको यथासीघ्र कन्ट्या ट्रेसिङका लागि पनि पहल भइरहेको उनले बताए । यस बिषम परिस्थितिलाई सामान्यीकरण गर्नका लागि धैर्यता, संयमता र सजगता अपनाउन पनि विज्ञप्तिमार्फत गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily