+
Search

ताजा अपडेट +

पपुलर +

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नजिक, ५ लाखको मृत्यु

4KNationalDaily
२०७७ असार १४, आईतवार ०७:३८ बजे

एजेन्सी– विश्वभर कोरोनाबाट संक्रमितको संख्या १ करोडको नजिक पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार आइतबार बिहानसम्म संक्रमितको संख्या ९९ लाख ३९ हजार ८ सय १३ पुगेको हो। मृत्यु हुनेको संख्या ५ लाख ९ हजार ५ सय ११ पुगेको छ।

सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २५ लाख ५ हजार ५ सय ९३ संक्रमित भएका छन् भने १ लाख २५ हजार ४ सय ८० को मृत्यु भएको छ । यस्तै, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १३ लाख १३ हजार ६ सय ६७ संक्रमित र ५७ हजार ७० को मृत्यु भएको छ।

यस्तै, रुसमा ६ लाख २६ हजार ७ सय ७९ संक्रमित र ८ हजार ९ सय ५८ को मृत्यु भएको छ भने भारतमा ५ लाख ८ हजार ९ सय ५३ संक्रमित र १५ हजार ६ सय ८५ को मृत्यु भएको छ।

बेलायतमा ३ लाख ११ हजार ७ सय २७ संक्रमित र ४३ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ। विश्वभर ५० लाख ९ हजार ५ सय ११ जना निको भएको विश्वविद्यालयको तथ्यांक छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily