गाेरखा-जिल्ला अस्पाताल गाेरखामा कोरोना जितेर आज घर फर्किएका ८ जनामध्ये पालुङटार नगरपालिका यूवालाई प्रहरीले नियन्त्रणमा लियाे । जिल्ला प्रहरी कार्यालयको हिरासतभित्रै रहेका उनलाई काेराेना भएकाे थियाे ।
नगरपालिका-७, बुढीकुवाका १७ बषीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा जेष्ठ ११ गते थुनामा परेका थिए ।
जवरजस्ती करणी मुद्धामा प्रहरी हिरासतमा रहेका किशोरलाई पोखरास्थित बालसुधार गृहमा पठाउने क्रममा कोरोना परिक्षण गराइएको थियो ।
सुधार गृहलेनै कोरोना नभएको पुष्टि हुनुपर्ने भनेपछि नमुना परिक्षण गराइएको थियो र उनमा कोरोना पोजेटिभ देखियो ।
उनलाई उपचारका लागि गोरखा अस्पतालको आइसोलेशनमा राखियो । दोस्रो पटकको परिक्षणमा पनि नेगेटिभ रिपोर्ट आएपछि अन्य ७ जनासँगै उनी पनि डिस्चार्ज भए ।
तर अरु सबै आ आफ्नो घर गए, उनलाई भने जिल्ला प्रहरी कार्यालय गोरखा लगियो । त्यहाँ आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनलाई पोखरास्थित वाल सुधार गृहमा लगिने प्रहरीले जनाएकाे छ।
जवरजस्ती करणीको उनको मुद्धा जिल्ला अदालत गोरखामा विचाराधिन छ ।
प्रतिक्रिया