+
Search

ताजा अपडेट +

पपुलर +

११ दिनमा २४ हजार नेपालीलाई स्वदेश फर्काउने योजना

4KNationalDaily
२०७७ जेष्ठ ३२, आईतवार ०८:१६ बजे

काठमाडौं- विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले आइतबारदेखि फर्काउन सुरु गर्ने भएको छ ।

पहिलो दिन आइतबार बंगलादेशमा रहेका विद्यार्थीलाई फर्काउन नेपाल एयरलाइन्सको वाइडबडीले उडान भर्नेछ । सरकारले आगामी असार ११ गतेसम्म विभिन्न मुलुकबाट करिब २४ हजार नेपाली फर्काउने योजना बनाएको छ ।

विदेशमा जोखिममा परेका नागरिकलाई स्वदेश फर्काउन नेपाली र विदेशी एयरलाइन्सले ६७ उडान भर्नेछन् । सरकारले दुई एयरलाइन्स कम्पनीका दैनिक १० उडानबाट नबढ्ने गरी तालिका बनाएको खबर  आजको नयाँ पत्रिका दैनिकमा छ ।

० उडानबाट २ एयरलाइन्सले दैनिक १ हजार ८ सय ल्याउनेछन् । नेपाली एयरलाइन्स कम्पनीले ४३ उडान गर्नेछ । त्यसमध्ये वायुसेवा निगमले २४ र हिमालय एयरलाइन्सले १९ उडान गर्नेछन् । विदेशी एयरलाइन्सले २४ उडान गर्नेछन् ।

हवाई भाडा महँगो भएपछि उडानै रद्द

नेपाल सरकारले चार्टर्ड फ्लाइटद्वारा अलपत्र परेका नेपालीलाई फर्काउन भाडा तोकेको थियो । तर, हवाई भाडा अत्यधिक महँगो भएपछि विभिन्न मुलुकहरूले चार्टर्ड फ्लाइट रद्द गरेका छन् ।

माल्दिभ्सस्थित नेपाली दूतावासले सूचना जारी गरी माल्दिभ्सबाट असार १ गते नेपाल एयरलाइन्सले गर्ने भनिएको चार्टर्ड फ्लाइट स्थगित गरिएको जनाएको छ ।

त्यस्तै, साउदीबाट गर्ने भनिएको उडानसमेत रद्द गरिएको साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

दूतावासले सूचना नै जारी गरी नयाँ भाडादर र तालिका प्राप्त नहुन्जेल उडान स्थगित गरिएको जनाएको छ । दूतावासले श्रमिकहरूलाई तत्काल पिसिआर र आरडिटी परीक्षण नगर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily